‘ए’ डिभिजन लिग : आज तीन खेल हुँदै

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलअन्तर्गत आज तीन खेलहरू हुँदैछन् । जसमा दुई दशरथ रंगशाला र एक खेल एन्फा कप्लेक्समा हुनेछन् ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने पहिलो खेलमा एफसी खुमलटार र त्रिभुवन आर्मी क्लबबीच प्रतिस्पर्धा हुनेछ । खुमलटार र आर्मीबीचको खेल दिउँसो ३ बजे सुरु हुनेछ ।

खुमलटार आज छैटौं जितको योजनामा हुनेछ । खुमलटार १८ खेलमा १७ अंक जोडेर पुछारमा रहेको छ । आर्मी सातौं जितको खोजीमा हुनेछ । आर्मी १८ खेलमा २५ अंक जोडेर छैटौं स्थानमा रहेको छ ।

दशरथ रंगशालामा हुने दोस्रो खेलमा चर्च ब्वाइज युनाईटेड र नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा हुनेछ। दुई टोलीबीचको खेल साँझ ६ बजे सुरु हुनेछ ।

चर्च ब्वाइज दशौँ जितको योजनामा छ । चर्च ब्वाइज १८ खेलमा ३३ अंक जोडेर शीर्ष स्थानमा रहेको छ । पुलिस सातौं जितको योजनामा रहेको छ । पुलिस १८ खेलमा २२ अंक जोडेर १२ औं स्थानमा रहेको छ ।

एन्फा कम्प्लेक्समा हिमालयन शेर्पा क्लब र एपीएफ क्लबबीच खेल हुनेछ । हिमालयन र एपीएफबीचको खेल दिउँसो ३ बजे सुरु हुनेछ ।

हिमालयन आज छैटौं जितको खोजीमा हुनेछ । हिमालयन १८ खेलमा २२ अंक जोडेर दशौँ स्थानमा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
1 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?