भ्रष्टाचार नियन्त्रणका लागि जितेन्द्र देवले सुझाए चार उपाय

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । राष्ट्रिय सभा सदस्य जितेन्द्र देवले भ्रष्टाचार नियन्त्रणका लागि चारवटा उपाय प्रस्तुत गर्नुभएको छ । शुक्रबार बसेको राष्ट्रिय सभा बैठकमा उहाँले भ्रष्टाचार नियन्त्रणका लागि चारवटा उपाय पेस गर्नुभएको हो ।

जसअनुसार पहिलो भ्रष्टाचारको नेक्सस् तोड्नुपर्ने बताउनु भयो । यसमा केही राजनीतिज्ञ, केही उच्च कर्मचारी र विचौलियाबीचको नेक्सस् तोड्नुपर्ने उहाँको भनाइ छ । यसका लागि अनुसन्धान निकायले उनीहरुमाथि निरन्तर निगरानी राख्दै अनुसन्धान गर्नुपर्ने उहाँको भनाइ छ ।

दोस्रोमा लामो समय र बारम्बार एउटै व्यक्तिलाई शक्ति केन्द्रमा राख्न नहुने भ्रष्टाचार नियन्त्रणका चार उपाय प्रस्तुत गर्दै देवले भन्नुभयो । यसले भ्रष्टाचार नियन्त्रणमा जालो च्यात्न सकिने उहाँको बुझाइ छ ।

तेस्रोमा नेपाल प्रहरी तथा अपराध अनुसन्धान इकाइलाई दलीय प्रभाव पार्न नहुने उहाँले बताउनु भयो । एसियामै अनुन्धानमा अब्बल सावित भएको नेपाल प्रहरी र अन्य अपराध अनुसन्धान इकाइलाई दलीय प्रभाव पर्न दिन नहुने भन्दै उहाँले यसले पनि भ्रष्टाचार नियन्त्रणमा सफलता दिने दाबी गर्नुभयो ।

भ्रष्टाचार नियन्त्रणका लागि अन्तिम तथा चौथौ उयायमा उहाँले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको संरचना र नियुक्ति प्रक्रिया बदल्नुपर्ने बताउनु भयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?