पदक विजेता वादोरियो कराते टोली फर्कियो

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । मलेसियामा भएको १९औं अन्तर्राष्ट्रिय ओकिनावा गोजुरियो इपोह सिटी खुला कराते प्रतियोगिताका पदक विजेता नेपाली वादोरियो कराते टोली शुक्रबार स्वदेश फर्किएको छ । मे १२ देखि १४ तारिखसम्म भएको प्रतियोगितामा १० खेलाडीले सहभागिता जनाएकोमा सबैले पदक जितेका हुन् ।

नेपालले सात स्वर्ण, एक रजत र दुई कास्य पदक जितेको नेपाल वादोरियो कराते डो संघले जनाएको छ । देवकुमार शाह, प्रसिद्धि शर्मा, प्रशेष शाही, आरोन शेरचन, सुशान्त खड्का, समीक्षा सार्की र रिदेश बस्यालले स्वर्ण जित्नुभयो । आकृति कँडेलले रजत तथा वैश्नवी वर्मा र सन्यम कँडेलले कास्य हात पार्नुभयो ।

टोलीको प्रशिक्षकमा कमरुदीन अली, व्यवस्थापकमा शोभाकर पन्थ र अफिसियलमा समी थापा शर्मा रहनुभएको छ । टोलीलाई नेपाल कराते महासंघका वरिष्ठ उपाध्यक्षसमेत रहनुभएका नेपाल वादोरियो कराते डो संघका प्रमुख प्रशिक्षक हरिशरण केसीलगायतका पदाधिकारीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गर्नुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?