आइएमई इण्डियाको शाखा नयाँदिल्लीमा

Read Time = 2 mins

काठमाडौं । आइएमई इण्डिया प्रालिले नयाँदिल्लीको कनाँट प्लेस वाह्रखम्बा रोडमा नयाँ शाखा विस्तार गरेको छ । बिहीबार आयोजित कार्यक्रममा भारतस्थित नेपाली राजदूत डा. शंकरप्रसाद शर्माले शाखा कार्यालय उद्घाटन गर्दै नयाँदिल्लीको मुटु रहेको कनाँट प्लेसमा नयाँ कार्यालय शाखा खोलेकोमा आइएमई इण्डियालाई बधाई दिँदै नयाँ शाखामार्फत् हुने कारोबारले दिल्लीमा रहेका नेपाली र भारतीयलाई रेमिट्यान्स सेवा तथा इण्डो-नेपाल क्रस बोर्डर मनी ट्रान्सफर गर्न मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

आइएमई ग्रुपका प्रबन्ध निर्देशक हेमराज ढकालले आइएमईको सेवालाई भारतका अन्य क्षेत्रमा पनि विस्तार गर्दै लैजाने योजना रहेको भन्दै नयाँ शाखाबाट भारतमा रहेका नेपालीलाई सुरक्षित तथा छिटो रकम पठाउन सहयोग पुग्ने बताउनुभयो ।

शाखा विस्तार समारोहमा दिल्लीस्थित नेपाली दूतावासका उच्च अधिकारीसहित आइएमई इण्डियाको सञ्चालक समितिका पदाधिकारी तथा व्यवस्थापनका उच्च अधिकारीको उपस्थिति रहेको थियो । आइएमई इण्डियाले नयाँ शाखामार्फत् विदेशी मुद्रा सटही र आइडिएफसी बैंकसँगको सहकार्यमा इण्डो-नेपाल क्रस बोर्डर मनी ट्रान्सफर सेवा उपलब्ध गराउनेछ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?