हिमपहिरोमा बेपत्ता भएकाको बिहानैदेखि खोजी सुरु

हिमालय टाइम्स
Read Time = 2 mins

धनगढी । हिमपहिरोमा परि बेपत्ता भएका ६ जनाको बुधबार बिहानैदेखि खोजी सुरु भएको छ ।

हिमाली जिल्ला दार्चुला र बझाङमा गएको हिमपहिरोमा परी बेपत्ता भएकाहरूको बिहानैदेखि खोजी सुरु भएको हो । दार्चुला र बझाङमा ६ जना अझै बेपत्ता रहेका छन् ।

यार्सा टिप्न गएका उनीहरू दार्चुलाको भोलिङमा आएको हिमपहिरोमा परी बेपत्ता भएका हुन । जिल्ला प्रहरी कार्यालय दार्चुलाका अनुसार यसरी बेपत्ता हुनेहरूमा डोटीको जोरायल–२ बुडरका नक्नी डोमा थापा, क्षिभी सोमो थापा, ईश्वरी थापा तथा दार्चुला दुहु–४ का कमला कुँवर र प्रवीण कुँवर, सुर्मा–१ देवडीकी झल्लादेवी बोहोरालगायत रहनुभएको छ ।

हिमपहिरो खसेको खबर पाएलगत्तै व्यास–१ छाङरुमा रहेको नेपाल प्रहरी र सशष्त्रको संयुक्त टोलीले मंगलबारदेखि नै उद्धार सुरु गरेको थियो तर ११ जनाको अबेरसम्म अवस्था थाहा हुन सकेको थिएनन ।

दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी प्रदीपसिंह धामीका अनुसार पानीसहित हिमपात भएको तथा रातसमेत परेका कारण उद्धार खोजी कार्य रोकिएको थियो तर आज आज बिहानबाट पुन खोजी सुरु गरिएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?