नीति तथा कार्यक्रमले जनतालाई सम्बोधन गरेको छः मन्त्री ज्वाला

फाईल तस्बिर

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले सरकारको नीति तथा कार्यक्रममा जनतालाई सम्बोधन गर्ने किसिमका कार्यक्रमहरु समावेश रहेको बताउनुभएको छ ।

शनिवार समाजवादी प्रेस संगठन नेपाल, काठमाडौं जिल्ला शाखाको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले गठबन्धनको सरकार राष्ट्रपति जनताप्रति समर्पित भएर काममा लागेको बताउनु भयो । उहाँले वर्तमान सरकारले ल्याएको नीति तथा कार्यक्रमलाई बजेटले पूर्ण रुपमा समर्थन गर्ने उल्लेख गर्नुभयो ।

उहाँले गठबन्धन सरकारको न्युनतम साझा कार्यक्रमलाई केन्द्रबिन्दुमा राखेर सरकारको नीति तथा कार्यक्रम बनाएको बताउनु भयो । उहाँले पछिल्ला समस्यालाई समाधान गर्ने, अर्थतन्त्रमा नयाँ मोड ल्याउने, अर्थतन्त्रलाई लयमा फर्काउने र जनताको सेवासुविधालाई ध्यानमा राखेर काम गर्नेगरी बजेट ल्याउने तयारी रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘यो गठबन्धनको सरकार राष्ट्रपति जनताप्रति समर्पित भएर लाग्नका लागि हाम्रो तर्फबाट प्रयत्न भएको छ । संसदमा नीति तथा कार्यक्रम प्रश्तुत भएको छ, त्यसमा पनि केही जनपक्षीय कार्यक्रमहरु प्रश्तुत गरेका छौँ । जनतालाई सम्बोधन हुने खालका नीतिहरु हामीले सम्बोधन गरेका छौँ । यो नीति कार्यक्रमलाई बजेटले पूर्ण गर्नेछ । यसको ग्राउण्ड भनेको गठबन्धन सरकारको न्युनतम साझा कार्यक्रम हो । नीति कार्यक्रमलाई केन्द्रित बनाएर बजेट ल्याउने तयारीमा छौँ । बजेटले पछिल्ला समस्यालाई समाधान गर्नेगरी आर्थिक समस्या,अन्य समस्याहरुलाई समाधान गर्नेगरी अर्थतन्त्रमा नयाँ मोड ल्याउने र अर्थतन्त्रलाई लयमा फर्काउने र जनताको सेवासुविधालाई ध्यानमा राखेर काम गर्ने र भ्रष्टाचारका काण्डहरु आएका छन्, त्यसको छानबिन गर्ने र कुनै राजनीतिक आग्रह, पूर्वाग्रह बिना दोषी नछुट्ने, निर्दोष नफस्ने गरी अघि बढेका छौँ ।’

मन्त्री ज्वालाले भ्रष्टाचार प्रकरणमा कुनै आग्रह, पूर्वाग्रह बिना अनुसन्धान भइरहेको बताउनु भयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?