कर्नाटकको मुख्यमन्त्रीमा सिद्धारमैया, उपमुख्यमन्त्री डीके शिवकुमार

Read Time = 2 mins

एजेन्सी । कर्नाटकको मुख्यमन्त्रीका रूपमा सिद्धारमैयाले शपथ लिनुभएको छ । सिद्धारमैयाले शनिबार कर्नाटकको नयाँ मुख्यमन्त्रीका रूपमा शपथ लिनुभएको छ । साथै कर्नाटकको उपमुख्यमन्त्रीका रूपमा डीके शिवकुमारले शपथ लिनुभएको छ । मुख्यमन्त्री, उपमुख्यमन्त्री र मन्त्रीहरूले बेंगलुरुको कांतिरवा रंगशालामा शपथ लिनुभएको हो ।

शपथग्रहण कार्यक्रममा विभिन्न राजनीतिक दलका नेताहरू उपस्थित थिए । शपथ ग्रहण कार्यक्रममा तमिलनाडुका मुख्यमन्त्री स्टालिन, बिहारका मुख्यमन्त्री नीतीश कुमार, मध्यप्रदेशका पूर्वमुख्यमन्त्री कमलनाथ उपस्थिवत थियो ।

त्यस्तै शपथग्रहण कार्यक्रममा राष्ट्रवादी कंग्रेसका अध्यक्ष शरद पवार तथा नेसनल कन्फरेन्सका प्रमुख फारुक अब्दुल्ला, छत्तीसगढका मुख्यमन्त्री भूपेश बघेल, बिहारका उपमुख्यमन्त्री तेजस्वी यादव, सीपीआईका नेता डी राजा र सिपिएमका नेता सीताराम येचुरीको पनि उपस्थिवत थियो ।

मे १० मा भएको चुनावमा भाजपालाई हराउँदै कर्नाटकमा कंग्रेस पुनः सत्तामा आएको हो । २२४ विधानसभा सिटमध्ये कंग्रेसले १३५ स्थानमा जित हात पारेको छ । यसअघि सन् २०१८ मा १०४ सिटमा जित हात पारेको भाजपा भने यसपटक ६६ सिटमा खुम्चिएको छ । त्यस्तै कर्नाटकको राजनीतिमा ‘किंगमेकर’का रूपमा रहेको जनता दल सेक्युलरले भने १९ सिटमा जित हात पार्‍यो । यसअघि उसले ३७ सिटमा जित हात पारेको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?