कर्णालीको पर्यटन प्रवर्द्धनका लागि ध्यानाकर्षण

Read Time = 2 mins

काठमाडौं । कर्णाली पर्यटन उद्यमी समाजले पर्यटन क्षेत्रमा भएका समस्या समाधानका लागि पर्यटनमन्त्री सुदन किराँतीको ध्यानाकर्षण गराएको छ । समाजका अध्यक्ष देवीकृष्ण रोकाया नेतृत्वको टोलीले कर्णालीमा हवाई समस्या समाधान, हिमाल आरोहण प्रबन्धलगायत माग राखी मन्त्रीको ध्यानाकर्षण गराएको हो । कर्णाली क्षेत्रमा लामो समययता हवाई उडानका समस्याबारे मन्त्रीलाई अवगत गराइएको जानकारी गराउँदै रोकायाले हवाई समस्या समाधानसहित कर्णालीको प्रवद्र्धनमा जोड दिएको बताउनुभयो ।

समाजका पूर्वअध्यक्ष जंगबहादुर लामासहितका पदाधिकारीले कर्णाली क्षेत्रमा भएका हिमालमा सहजरूपमा आरोहणका लागि अनुमति दिनुपर्ने व्यवस्था गरिनुपर्ने माग गर्नुभयो । कर्णाली प्रदेशमा थुप्रै हिमाल भए पनि आरोहणका लागि सामूहिकरूपमा मात्र परमिट लिने व्यवस्था हाल कायम छ ।

समाजले विभिन्न सातबुँदे माग अघि सारेको छ । जसमा कर्णाली प्रदेशको पर्यटन विकासको गुरूयोजना निर्माण गरी कार्यान्वयन गर्नुपर्ने, पर्यटकीय गन्तव्य अन्तर्राष्ट्रियस्तरमा बजारीकरण गरिनुपर्ने, पदमार्ग पहिचान तथा प्रवद्र्धन गर्नुपर्ने, जलयात्रालगायतका अन्य साहसिक पर्यटनका लागि सम्भावना अध्ययन गरिनुपर्ने, विमानस्थल स्तरोन्नति गर्नुपर्ने, प्रदेश राजधानी सुर्खेतबाट अन्य जिल्लामा हवाई उडान गर्नुपर्ने र वैज्ञानिकरूपमा भाडा समायोजन गरिनुपर्ने रहेका छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?