अनेसास जापानद्वारा कवि रिसवदेव घिमिरे, प्रकाश सुवेदी र राजेन्द्र केसी सम्मानित

हिमालय टाइम्स
Read Time = 5 mins

टोकियो । व्यावसायिक कामकाज र भ्रमणको सिलसिलामा जापान पुगेका चर्चित छन्दकवि तथा अनेसास नेपाल च्याप्टरका महासचिव रिसवदेव घिमिरे, कवि तथा चलचित्रकर्मि राजेन्द्र केसी र आफूलाई गीतकारको रूपमा स्थापित गरेका चर्चित गीतकार तथा चलचित्रकर्मी प्रकाश सुवेदीलाई अन्तराष्ट्रिय नेपाली साहित्य समाज, जापान च्याप्टरले स्वागत र सम्मानसहित मायाको चिनो प्रदान गरेकाे छ ।

टोकियोको सिन ओकुवोमा रहेको प्याराडाइज रेष्टुरेण्टमा सम्पन्न भएको सो कार्यक्रममा नेपालबाट आएका साहित्यिक व्यक्तित्वहरुलाई स्वागत तथा सम्मान गर्न अनेसास केन्द्रका निवर्तमान अध्यक्ष प्रकाश पौडेल 'माहिला', अनेसास केन्द्रका सचिव दीप पाठक, अनेसास जापान च्याप्टरका अध्यक्ष रविन शर्मा, एनआरएनए जापानका अध्यक्ष शिव प्रसाद पौडेल, एनआरएनए जापानका प्रवक्ता सुवास लामिछाने, नेपाल पत्रकार महासंघ जापान च्याप्टरका निवर्तमान अध्यक्ष मोहन घले, मिडियाकर्मी दिलिप श्रेष्ठ, एनआरएनए आईसिसी उपाध्यक्ष एवम् अनेसासका पूर्व महासचिव भुषण घिमिरे, अनेसास जापानका पूर्व अध्यक्षद्वय राज ज्ञवाली र आलोक चालिसे, साहित्यकार गृष्मा पौड्याल, जापान भ्रमणमा रहनु भएका शिक्षक होमनाथ अर्याललगाएत जापानस्थित नेपाली समाज र समूदायलाई प्रतिनिधित्व गर्ने विभिन्न व्यक्तित्वहरु सहभागी हुनुभएको थियो । सो कार्यक्रममा सम्मानित कविहरु र उपस्थित कविहरुले आफ्ना रचना सुनाउनुभएको थियो ।

मान्छे मनोरञ्जनको लागि जहाँसुकै पुगोस् जतिसुकै रमाओस् र जे जे उपलब्धि हासिल गरेता पनि आफ्नोपन भेट्दा जति खुसी हुन्छ अरु केहीमा पनि हुन सक्दैन भन्दै आफूलाई पनि आजको कार्यक्रमले सोही आभास दिलाएको कवि रीसवदेव घिमरेलेले बताउनुभयो । कवि घिमिरेले राष्ट्रिय भाव र आमाको महिमा सम्बन्धि छन्दवद्ध कविता सुनाएर उपस्थित सबैलाई मोहित पार्नुभएको थियो । अब जापानमा बस्ने नेपालीहरुले नेपाल र जापानबिच सांस्कृतिक आदानप्रदान गर्ने विषयमा कसरत गर्न पनि सूझाव दिनुभयो।

यसरी नै २ महिना अगाडिदेखि जापानका विभिन्न सहर र कुनाकाप्चामा भ्रमण गर्दै हिँडेका प्रकाश सुवेदीले यति लामो जापान बँसाइमा नेपालीहरुले दिएको अपार मायाले १ दिन पनि विरानो महसुस हुन नपरेको र जहाँ पुग्दा पनि त्यत्तिकै माया र सम्मान पाएक‍ो बताउनुभयो। कार्यक्रममा प्रकाशले यो तपाईँहरुकै कथा हो भन्दै सम्झिएर बालबच्चा घर खेतबारी, असारै लाग्यो दर्कियो पानीलगाएतका गीतहरु वाचन गरेर सुनाउनुभयो । यसरीनै अनेसास नेपाल च्याप्टरका उपाध्यक्ष्य तथा चलचत्रकर्मि राजेन्द्र केसीले जापानको साकुरा सम्बन्धि कविता सुनाउनुभएको थियो ।

कार्यक्रममा अनेसास जापानका निवर्तमान अध्यक्ष प्रकाश पौडेल "माहिला'ले परदेशमा बसेर कलम चलाउने कविहरुका कलम पनि निकै सशक्त रहेको बताउनुभयो भने जापान च्याप्टरका अध्यक्ष रविन शर्माले स्वदेशी कविहरुलाई परदेशी माटोमा यसरी सम्मान गर्न पाउँदा गर्ववोध भएको बताउनुभयो। कार्यक्रममा एनआरएनए जापानका अध्यक्ष शिवप्रसाद पौडेलले आगामी दिनमा यस्ता रचनात्मक कार्यक्रममा एनआरएनएको पनि साथ रहने बताउनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?