रातो मच्छिन्द्रनाथको रथलाई आज जावलाखेल लगिँदै

फाइल तस्बिर

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । रातो मच्छिन्द्रनाथको रथलाई आज लगनखेलबाट जावलाखेल तानिँदैछ । आज दिउँसो ४ बजेतिर रथ तान्ने तयारी भएको हो ।

आज रथ तान्नका लागि आइतबर बेलुकी रथको टुप्पोबाट नरिवल खसालिएको थियो ।

रथ तान्नुअघि रथको टुप्पोबाट दुई पल्ट नरिवल खसाल्ने परम्परा छ । रथलाई आजै जावलाखेल ल्याउन सके आउँदो बिहीवार भोटो जात्रा हुनेछ ।

लगनखेलमा रहेको रथलाई जवलाखेलमा पुर्याइएको चार दिनमा भोटो देखाउने परम्परा छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?