सिटिजन्सको मोबाइल बैंकिङमा थप सुविधा

Read Time = 1 min

काठमाडौं । सिटिजन्स बैंकले आफ्नो मोबाइल बैंकिङ एपमा नयाँ सुविधा थप गरेको छ । बैंकले आफ्ना विशेष ग्राहकलाई लक्षित गरी मोबाइलमार्फत् प्रिभिलेज बैंकिङ सेवा सुरु गरेको छ । यसअघि बैंकले विभिन्न प्रिभिलेज काउण्टरमार्फत् प्रिभिलेज बैंकिङ सेवा प्रदान गर्दै आएकोमा अब मोबाइल बैंकिङ एपमार्फत् नै प्रिभिलेज सेवा प्रदान गर्नेछ ।

सेवाअन्तर्गत ग्राहकले बैंकका तोकिएका सम्पर्क अधिकृतमार्फत् बिनाझन्झट बैंकिङ सेवा प्राप्त गर्न सक्ने बैंकले जनाएको छ । साथै बैंकले आफ्नो एपमार्फत् नेपाल पेको क्युआर पनि सञ्चालनमा ल्याएको छ । बैंकका ग्राहकले फोन पेका अतिरिक्त नेपाल पेको क्युआर कोडसमेत स्क्यान गरी भुक्तानी गर्न सक्ने बैंकले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?