बोवाओ फोरममा नजाने निर्णय नेपालले गरेको होइनः प्रधानमन्त्री प्रचण्ड

फाइल तस्बिर

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चीनमा भएको बोवाओ फोरममा नजाने निर्णय नेपालले नगरेको स्पष्ट पार्नुभएको छ ।

मंगलवार राष्ट्रिय सभाको बैठकमा राष्ट्रिय सभाका सदस्यहरुले उठाएका प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री दाहालले यस्तो बताउनुभएको हो । उहाँले चीनमा भएको बोवाओ फोरममा चिनियाँ राजदुतले नै देशको अफ्ठ्यारो परिस्थितिलाई देखेर अर्को समयमा चीन भ्रमण राख्ने भनेपछि आफूले धन्यवाद दिएको बताउनु भयो ।

उहाँले समय, परिस्थिति अनुसार छिमेकी देशहरुको भ्रमण गर्ने बताउनु भयो । प्रधानमन्त्री दाहालले भुगोल, अर्थतन्त्र, खुला सीमाना, जनसम्बन्धका दृष्टिले भारतको महत्व र विशिष्टता बढी रहेको स्पष्ट भएको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘उत्तर—दक्षिण भ्रमणको कुरा ल्याउनुभयो, यसमा हाम्रो कुनै संवैधानिक बाध्यता छैन । प्रधानमन्त्रीले पहिला कताको भ्रमण गर्ने भन्नेकुरा त्यस्तो केही बाध्यता छैन । समय, परिस्थिति अनुसार गरिने कुरा हो । त्यसको सबैभन्दा ठूलो प्रमाण म आफैँ हो । म पहिलो पटक प्रधानमन्त्री हुँदा पहिलो भ्रमण उत्तरबाट गरेको थिएँ । तर हाम्रो भुगोल, हाम्रो अर्थतन्त्र, हाम्रो खुला सीमाना, हाम्रा सबै खालका जनसम्बन्धका दृष्टिले भारतको महत्व र विशिष्टता थाहा छ, अहिले उत्तरले बोवाओ फोरममा निम्ता गरेको पक्कै पनि हो । तर त्यहाँ हामी नजाने भनेर निर्णय नेपाल सरकारले गरेको होइन । बरु चिनियाँ राजदुतले नै यहाँको दबाबलाई देखेपछि सरकारको अफ्ठ्यारोलाई देखेर नै धन्यवाद दिएको हो चिनियाँ राजदुतलाई ।’

प्रधानमन्त्री दाहालले भारत भ्रमणमा मलखादका बारेमा छलफल गर्नेपनि बताउनु भयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?