कीर्तिमानी सगरमाथा आरोही बुढालाई प्रधानमन्त्रीको बधाई

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले दुवै खुट्टा गुमाएका कीर्तिमानी सगरमाथा आरोही हरिबहादुर बुढालाई सिंहदरवारमा भेटेर बधाई दिनुभएको छ । सगरमाथाको सफल आरोहण गरेका बुढा आजमात्रै काठमाडौं आइपुग्नुभएको हो ।

काठमाडौंको आन्तरिक विमानस्थलमा बुढालाई पर्यटनमन्त्री सुदन किराँतीले स्वागत गर्नुभएको थियो ।

सगरमाथाको सफल आरोहण गरेर र्फकनुभएका पूर्वगोर्खा सैनिक हरि बुढामगरले अपाङ्गता भएकाहरुलाई हिमाल चढ्दा व्यहोर्नुपर्ने प्रक्रियागत झमेलालाई कम गर्ने काममा लाग्ने बताउनुभएको थियो ।

सगरमाथाको आरोहणपछि काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उहाँले सगरमाथा चढ्दाको अनुभव शेयर गर्दै यस्तो बताउनुभएको हो ।

उहाँले हिमाल चढ्दा अपाङ्गता भएका मानिसहरुले हिमाल चढ्न गर्नुपर्ने प्रक्रियालाई कसरी कम गर्न सकिन्छ भन्ने विषयमा केन्द्रित भएर आगामी दिनमा काम गर्ने लक्ष्य रहेको बताउनु भयो।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?