शहीद स्मारक लिगः आज तीन खेल हुँदै

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा आज तीनवटा खेल हुँदैछन् ।

अखिल नेपाल फुटबल संघ (एन्फा)का अनुसार २१ औं राउन्डका खेल हुन लागेका हुन ।

जसअनुसार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा दुईवटा खेल हुनेछ भने च्यासल मैदान, ललितपुरमा एउटा खेल हुनेछ ।

च्यासल मैदानमा हुने एक मात्र खेलमा एपिएफ फुटबल क्लब र संकटा क्लबबीच प्रतिस्पर्धा हुनेछ । जुन खेल ३ बजेवाट सुरु हुनेछ ।

उता, दशरथ रंगशालामा २ बजेवाट सुरु हुने पहिलो खेलमा त्रिभुवन आर्मी क्लब र न्युरोड टिमबीचमा प्रतिस्पर्धा हुनेछ ।

रंगशालामा हुने दोस्रो खेल साँझ ६ बजेवाट सुरु हुनेछ, जुन खेलमा जावलाखेल युथ क्लब र मच्छिन्द्र फुटबल क्लबका बीचमा प्रतिस्पर्धा हुनेछ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?