समाचार प्रभाव: दलित जोडीलाई बिवाह नगराउने पण्डितलाई कारबाही गर्न सांसद मिजारको माग

मान बहादुर बिश्वकर्मा कालिकोट
Read Time = 6 mins

बाजुरा । हिमालय टाइम्स राष्ट्रिय दैनिकमा जेठ ८ गते सोमबार दलितले मन्दिरमा बिहे गर्ने थाहा पाएपछि पुजारी ताला लगाएर फरार र मंगलबार प्रकाशित हिमालय टाइम्स पत्रिकाको पहिलो पृष्ठमा छापीएको दलितले मन्दिरमा बिहे गर्ने थाहा पाएपछि पुजारी फरार भन्ने समाचार प्रकाशित पछि संसदमा कारबाहीका लागि प्रश्न उठेको छ ।

हिमालय टाइम्सका लागी पत्रकार मानबहादुर बिश्वकर्माले समाचार लेखेपछि उक्त समाचार प्रकाशितपछि प्रतिनिधिसभा सांसद सिता मिजारले बिवाह गर्न मन्दिर पुगेको दलित समुदायको एक जोडीलाई बिवाह नगराई भाग्ने पण्डितलाई कारबाही गर्नुपर्ने माग राख्नुभएको छ ।

मंगलबार संसद बैठकमा नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा मिजारले बाजुराको सदरमुकाम मार्तडीमा रहेको बडिमालीका मन्दिरमा बिवाहका लागि पुगेका एक दलित समुदायको जोडीको बिवाह नगराई पण्डित भागेको घटनाप्रति सरकारको ध्यानाकर्षण गराउदैँ कारवाहीको माग गर्नुभएको हो ।

‘बाजुरा जिल्लाको बडिमालिका नगरपालिका-९ का प्रकाश बिक उ र कञ्चनपुरकी पार्वती सुनुवारको भेट सामाजिक सञ्जालबाट हुन्छ । त्यसपछि उनीहरु बिवाह गर्ने निर्णयमा पुग्छन् । उनीहरु बाजुराको मार्तडीमा रहेको मालिका मन्दिरमा एका बिहानै बिवाह गर्नका लागि पुग्छन् । उहाँहरुले त्यहाँको पण्डितलाई पहिले नै बिवाहका बारेमा जानकारी गराइसक्नुभएको थियो’, उहाँले भन्नुभयो, ‘जब दुलाह र दुलही बिवाह गर्नका लागि पोशाकमा सजिएर जादाँ मन्दिर भित्र बत्ती बालेको देखिए पनि पुजारी मन्दिरमा ताला लगाएर भागेका छन् । २१ औ शताब्दीमा पनि हिन्दु धर्म वा जुनसुकै धर्मका नाममा दलित समुदायप्रतिको अन्याय अत्याचार किन भइरहेको छ ? के हामीले २१ औ शताब्दिमा पनि यस्तै परिकल्पना गरेको हो र ? संविधान र कानूनले यस्तै गर भनेको छ र ? त्यो भएको कारणले म यस्तो कार्यमा संलग्न पुजारीलाई कारवाहीको लागि सम्बन्धित निकाय र सरकारको ध्यानाकर्षण गराउन चाहान्छु ।’ उहाँले भन्नुभयो ।

के थियो त यथार्थ घटना

बाजुराको बडिमालिका नगरपालिका-८ स्थित बडिमालिका मन्दिरमा दलितले बिहे गर्ने कुरा थाहा पाएपछि मन्दिरका मुख्य पुजारी देवराज पाध्याय अस्ति सोमबार फरार हुँनुभएको थियो । आइतबार नै पुजारीलाई भोली सोमबार बिहे गर्ने भन्दै खबर गरेको र बिहेकै दिन सोमबार मन्दिर नै बन्द गरेर पुजारी फरार रहनुभएकाे थियाे ।

मन्दिरमा पुजारी आउलान भनेर बिहान देखि ३ घण्टासम्म मन्दिर बाहिर कुरेर बसेका थियौं पुजारीलाई फोन गर्दा फोन सम्पर्क हुँदैन ३ घण्टा पछि मन्दिर बाहिर नै टिका लगाएर सामान्य हिसाबले बिहे गरेर जोडी घर फर्किएको बेहुला प्रकाशले हिमालय टाइम्सलाई बताउनुभयो ।

सदरमुकाम मार्तडीमै पर्ने बडिमालिका नगरपालिका-९ का प्रकाश बिकले कञ्चनपुर जिल्लाबाट पार्वती सुनारलाई भगाएर ल्याएपछि बडिमालिका मन्दिरमा बिहे गर्ने कुरा थियो । कञ्चनपुरबाट भगाएर ल्याएको दुई महिना बढी भयो तर बिधिवत तरिकाले बिहे गर्ने उद्देश्यले मन्दिरमा बिहे गर्ने गरी मन्दिरका मुख्य पुजारीलाई जानकारी गराएको बेहुला प्रकाश बिकले बताउनुभयो ।

हामीलाई मन्दिर भित्रै पस्नु थिएन पुजारीले बडिमालिका देवीलाई चढाउने पुजाको सामान राखिदिए भइहाल्थ्यो तर मन्दिरमा पुजारी नआएपछि मन्दिरको झ्यालबाट बडिमालिका देवीलाई प्रसाद चढायाैं बिकले भन्नुभयो ।

यो बिषयमा मन्दिरका मुख्य पुजारी देवराज पाध्यायसँग फोन सम्पर्क गर्दा फोन सम्पर्क हुँन नसकेको बेहुला प्रकाशले भन्नुभयो । पुजारीका छिमेकीलाई सोध्दा बिहान मन्दिरमा दियो बाल्ने काम छ भन्दै गएको तर त्यसपछि घर नफर्किएको पुजारीका छिमेकीको भनाई छ ।

पीडित पक्षले जातीय छुवाछूत तथा अमानविय व्यवहार सम्बन्धि जिल्ला प्रहरी कार्यालय बाजुरामा निवेदन दिइसकेको बताइएको छ । यदी पुजारीले त्यस्तो अमानवीय ब्यवहार गरेको कुरा साँचो भए पुजारीलाई कारबाही गरिने बाजुराका प्रमुख जिल्ला अधिकारी पुष्कर खड्काले बताउनुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?