नेप्से आज बिहीबार बन्द हुने

Read Time = 1 min

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) आज बिहीबार बन्द हुने भएको छ ।

आज रातो मत्स्येन्द्रनाथको भोटो देखाउने जात्राको अवसरमा काठमाडौं उपत्यकाको तीन जिल्लाहरूमा सार्वजनिक विदा भएको कारण सेयर बजार बन्द हुने भएको हो । सोही कारण नेप्से पनि बन्द हुने भएको हो ।

अब बजार आइतबार बिहान ११ बजे मात्र खुल्नेछ । यसअघि बुधबार नेप्से सूचक १६.४९ अंकले बढेर १९५९.१२ विन्दुमा अडिएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?