![नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग आज ‘ब्रेक थ्रू’ गरिँदै](https://ehimalayatimes.com/wp-content/uploads/2024/02/surung-8.jpg)
कराँची – पाकिस्तानमा विगत ४८ घण्टामा वर्षासँग सम्बन्धित घटनाहरूमा कम्तिमा ३० जनाको मृत्यु भएको छ भने अन्य धेरै घाइते भएका छन् ।
राष्ट्रिय प्रकोप व्यवस्थापन प्राधिकरणले यसबारेमा जानकारी दिएको हो । देशको पूर्वी पञ्जाव प्रान्त सबैभन्दा बढी प्रभावित क्षेत्र थियो । जहाँ गत ४८ घण्टामा प्रान्तका विभिन्न जिल्लाहरूमा भारी वर्षाका कारण चट्याङका घटनाहरूमा १७ जनाको ज्यान गएको थियो र अन्य ६ जना घाइते भएका थिए ।
दक्षिणपश्चिमी बलुचिस्तान प्रान्तमा चट्याङ र भारी वर्षाका कारण आठ जनाको मृत्यु भएको छ । उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तमा कम्तिमा पाँच जनाको मृत्यु हुनुका साथै अन्य १० जनाभन्दा बढी घाइते भएका छन् । पीडितहरूमा महिला र बालबालिका पनि छन् । मुसलधारे वर्षाले देशका केही भागहरूमा धेरै घरहरूलाई पनि क्षति पु¥याएको छ ।
अविरल वर्षाका कारण मुख्य सडक र राजमार्गमा पनि ट्राफिक जाम भएको छ । अधिकारीहरूले नागरिक र पर्यटकहरूलाई केही दिन प्रभावित जिल्लाहरूमा अनावश्यक यात्रा नगर्न आग्रह गरेका छन् ।
एनडीएमए र अन्य नागरिक विभागहरू र स्वयंसेवकहरूले प्रभावित क्षेत्रमा उद्धार र राहत अभियान शुरु गरेका छन् । यसअघि पाकिस्तानको मौसम विभागले सोमवारसम्म देशका केही भागमा मेघगर्जनसहित भारी वर्षा हुने अनुमान गरेको छ ।
![सलमानको घरमा गोली चलाउनेको ‘तस्विर’ सार्वजनिक](https://ehimalayatimes.com/wp-content/uploads/2024/04/salman-khan-atrtact.jpg)
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच