काठमाडौं । सरकारले नागरिकता विधेयक प्रमाणीकरणका लागि राष्ट्रपति रामचन्द्र पौडेललाई आग्रह गर्ने भएको छ।
शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले बैठकले नागरिकता विधेयक फेरि प्रमाणीकरणका लागि पठाउने निर्णय भएको एक मन्त्रीले बताए ।
तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा यसअघि दुई पटक संसदबाट प्रमाणीकरणका लागि पठाएको विधेयक रोकिएको थियो ।
पहिलो पटक विधेयक पठाउँदा तत्कालीन राष्ट्रपति भण्डारीले विभिन्न बुँदाहरूमा पुनर्विचार गर्न संसदमा विधेयक फिर्ता गर्नुभएको थियो। संसदले हुबहु पारित गरेर फेरि पठाएपछि तत्कालीन राष्ट्रपतिले प्रमाणिकरण नगरी विधेयक त्यत्तिकै थन्क्याउनु भएको थियो । एक पटकका लागि विधेयक राष्ट्रपतिले संसदमा फिर्ता गर्न सक्ने संवैधानिक व्यवस्था छ।
संसदले दोस्रो पटक पनि उक्त विधेयक जस्ताको त्यस्तै पारित गरेर राष्ट्रपति कार्यालय पठाएपछि संविधानअनुसार १५ दिन प्रमाणीकरण गर्नुपर्ने दायित्व पूरा नगरी राष्ट्रपति कार्यालयले यतिकै राखेको थियो ।
नयाँ संसद बनेर रामचन्द्र पौडेल राष्ट्रपति निर्वाचित भएपछि सरकारले पहिलाकै विधेयकलाई प्रमाणीकरणका लागि फेरि पठाउनेबारे छलफल थालेको थियो।
यस विषयमा राष्ट्रपति पौडेलले पनि संविधान र कानुनविद्हरूसँग परामर्श समेत गर्नुभएको थियो।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच