कोइराला पक्षको भेला आज दिउँसो बस्दै

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । नेपाली कांग्रेस संस्थापनइतर पक्षले आज छुट्टै भेला गर्दैछ । शेखर कोइराला पक्षले बोलाएको भेला दिउँसो २ बजे बत्तीसपुतलीस्थित अनुपम फुडल्याण्डमा बस्नेछ ।

भेलाले खबरदारीपछि संस्थापन पक्षले सच्याएर बुझाएको समानुपातिक उमेदवारको बन्दसूचीमा समीक्षा गर्नेछ ।

आफ्नो माग संस्थापन पक्षले पूरा नगरे विद्रोह गर्ने चेतावनीपछि बन्दसूची हेरफेर गर्दै शेखर समूहका नेताको नाम थप गरिएको थियो ।

आफ्नो समूहबाट प्रत्यक्षतर्फ उमेदवार बन्न इच्छुक र सक्षम व्यक्तिको नाम संकलन गर्ने भेलाले उनीहरुको सूची संसदीय बोर्डमा रहेका सदस्यलाई बुझाउने विषयमा छलफल गर्ने बताइएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?