छ खेलाडीसहित नौजना सम्मानित

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । युवा तथा खेलकुद मन्त्रालयले छ खेलाडीसहित, प्रशिक्षक, निर्णायक र खेल चिकित्सक गरी नौजनालाई नगदसहित शुक्रबार सम्मान गरेको छ । खेलाडीतर्फ उसुका विश्व बुढामगर र मिना ग्लान, तेक्वान्दोका गीता विष्ट, निरज देउवा र प्रेमकुमार दर्नाल तथा पारा बास्केटबल खेलाडी रामबहादुर तामाङ सम्मानित हुनुभयो ।

प्रशिक्षकमा करातेकी तारा गुरुङ श्रेष्ठ, निर्णायकमा तेक्वान्दोका दिपेन्द्र ढकाल र खेल चिकित्सकमा प्रा.डा.नवीसमान सिंह प्रधान सम्मानित हुनुभयो । सबैलाई जनही एक लाखसहित प्रशंसा पत्र प्रदान गरी सम्मान गरियो ।

यसैबीच खेलकुद मन्त्रालयले १० जनालाई खेल पत्रकारिता समान तथा प्रोत्साहन पुरस्कारबाट सम्मान गरेको छ । सेतोपाटी अनलाइनका सीताराम कोइराला खेलकुद पत्रकारिता पुरस्कार तथा सम्मानबाट पुरस्कृत हुनुभयो । उहाँले ५० हजार नगदसहित प्रशंसा पत्र पाउनुभयो ।
प्रदेशतर्फ पत्रकारिता प्रोत्साहन पुरस्कारबाट सम्मानित हुनेमा कोशी प्रदेशबाट कान्तिपुर टेलिभिजनका अर्जुनकुमार सुवेदी, मधेश प्रदेशबाट अनलाइनका सञ्जीवकुमार शाह, बाग्मती प्रदेशबाट रेडियो कान्तिपुरका सुवास विडारी, गण्डकी प्रदेशबाट आदर्श समाज राष्ट्रिय दैनिकका धनबहादुर गुरुङ, लुम्बिनी प्रदेशबाट आदर्श समाजका विजय नेपाल, कर्णाली प्रदेशबाट अन्नपूर्ण पोस्टका ललितबहादुर बुढा र सुदूरपश्चिम प्रदेशबाट अनलाइन सुदूरआवाज डट कमका पूर्णबहादुर खड्का रहनुभएको छ ।

पत्रकारिता प्रोत्साहन पुरस्कार समावेशीतर्फ कान्तिपुर दैनिककी ज्योति कटुवाल तथा कान्तिपुर दैनिककै दिपक परियार सम्मानित हुनुभयो । उहाँहरूले २५ हजार नगदसहित प्रशंसा पत्र प्राप्त गर्नुभयो । उहाँहरूलाई युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बू, खेलकुद मन्त्रालयका सचिव सूर्यप्रसाद गौतम, राष्ट्रिय खेलकुद परिषद्का सदस्य-सचिव टंकलाल घिसिङलगायतले एक कार्यक्रमबीच सम्मान गर्नुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?