हुण्डाई इण्डियाले इभीमा २० हजार करोड लगानी थप्ने

Read Time = 3 mins

काठमाडौं । दक्षिण कोरियाली अटो कम्पनी “हुण्डाई”ले भारतको तमिलनाडु राज्यमा आफ्नो दीर्घकालीन लगानी योजना घोषणा गरेको छ । आगामी १० वर्ष अर्थात् सन् २०३२ सम्मको अवधिमा चरणबद्धरूपमा २० हजार करोड रुपैयाँ लगानी गरेर विद्युतीय सवारीसाधन र वाहन प्लेटफर्मको आधुनिकीकरणमा प्रवेश गर्ने कम्पनीले जनाएको छ ।

उक्त घोषणा कार्यक्रममा थङ्गम थेनारसु, अर्थमन्त्री टीआरबी राजा, उद्योग, लगानी प्रवद्र्धन र वाणिज्यमन्त्री कृष्णन एस, आइएएस, अतिरिक्त मुख्य सचिव, उद्योग, लगानी प्रवद्र्धन र वाणिज्य, तमिलनाडु सरकार र अन्य वरिष्ठ अधिकारीको पनि उपस्थिति थियो । कार्यक्रममा उन्सु किमले भन्नुभयो, ‘हाम्रो दीर्घकालीन दृष्टिकोणको एक भागका रूपमा हामीले तमिलनाडुलाई भारतमा हुण्डाईको विद्युतीय सवारी उत्पादनको आधारका रूपमा विकास र स्थापना गर्ने योजनालाई अन्तिम रूप दिएका छौँ । यसले हामीलाई हाम्रो पोर्टफोलियो सुदृढ गर्न र हाम्रा गाडीमा उत्कृष्ट सुविधा र प्रविधि प्रदान गर्न मद्दत गर्नेछ, जसले हाम्रो ग्राहकको आकांक्षा पूरा गर्नेछ ।’ कोरियाली अटो निर्माताले तमिलनाडु सरकारको विद्युतीय गतिशीलतातर्फ राज्यको दिगो प्रणाली निर्माण गर्ने दृष्टिकोणको रणनीतिक साझेदार बन्ने जनाएको छ ।

साथै हुण्डाईले एक लाख ७८ हजार ब्याट्री जम्मा गर्न वार्षिक क्षमताको ब्याट्री प्याक एसेम्बली गर्न पनि इकाई स्थापना गर्ने भएको छ । कम्पनीले पाँच वर्ष अवधिमा प्रमुख राजमार्गका प्रमुख स्थानमा एक सय इभी चार्जिङ स्टेसन स्थापना गर्नेछ । जसमा पाँच डुअल अल्ट्रा फास्ट चार्जिङ स्टेसन सिंगल फास्ट चार्जिङ स्टेसन र एकल फास्ट चार्जिङ स्टेसन समावेश छन् । हुण्डाई इण्डियाले कुल उत्पादन मात्रा वार्षिक आठ लाख ५० हजार युनिटमा पुर्‍याउने जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?