सुर्खेत । पूर्व राजा ज्ञानेन्द्र शाहको आज सुर्खेतमा नागरिक अभिनन्दन गरिने भएको छ ।
सुर्खेतमा हुने नागरिक अभिनन्दन ग्रहणका लागि उहाँ दिउँसो कर्णाली प्रदेशको राजधानी बिरेन्द्रनगर आउँदै हुनुहुन्छ ।
उहाँ अहिले बाँकेको नेपालगञ्जमा रहनुभएको छ । दिउँसो २ बजे उहाँ त्यहाँबाट प्लेन चार्टर गरेर वीरेन्द्रनगर आउने कार्यक्रम रहेको छ ।
राप्रपा सुर्खेतका अध्यक्ष कविराम पुरीका अनुसार पूर्व राजाको नागरिक अभिनन्दन कार्यक्रमको सम्पूर्ण तयारी पूरा भईसकेको छ । उहाँका अनुसार पूर्वराजा शाहसहित पूर्व महारानी कोमल, पूर्व युवराज्ञी हिमानी शाह पनि अभिनन्दन कार्यक्रममा सहभागी हुनुहुनेछ ।
अभिनन्दन कार्यक्रम पश्चात् राजपरिवारले देउती बज्यै मन्दिर र कालिका मन्दिरमा पूजापाठ गर्ने कार्यक्रम रहेको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच