काठमाडौं । पछिल्ला केहीदिन यता गठबन्धनमा दरार आएको हल्लाबारे उपप्रधानमन्त्री एवं रक्षा मन्त्री पूर्णबहादुर खड्काले अहिलेको गठबन्धन पाँचै वर्ष टिक्ने दाबी गर्नुभएको छ ।
आजदेखि यहाँ सुरु भएको कर्णाली अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको उद्घाटन गर्दै उपप्रधानमन्त्री खड्काले वर्तमान गठबन्धनमा कहीँकतै केही होला कि भनेर शङ्का नगर्न आग्रह गर्नुभयो ।
नेपाली कांग्रेसका उपसभापतिसमेत रहनुभएका खड्काले निर्वाचनका बेला गठबन्धनले पाँच वर्षका लागि जनतासमक्ष मत मागेको स्मरण गर्दै जनादेशअनुसार वर्तमान गठबन्धन चल्ने र त्यसमा कुनै समस्या नआउने प्रष्ट पार्नुभयो । गत निर्वाचनलगत्तै केही समस्या आए पनि अहिले गठबन्धनमा कुनै समस्या नरहेको खड्काको भनाइ छ ।
वर्तमान गठवन्धन सत्ता र कुर्सीका लागि नबनेको भन्दै खड्काले संविधानको रक्षा र मुलुकको समृद्धिका लागि भएकाले जनादेशअनुसार काम गर्दै जाने प्रष्ट पार्नुभयो ।
एक फरक प्रङ्सगमा उपप्रधानमन्त्री खड्काले कर्णाली प्रदेशमा अपार सम्भावना भएको भन्दै अबपछि परेको भन्नेभन्दा पनि कसरी कर्णाली प्रदेशलाई मुलुककै समृद्ध प्रदेश बनाउन सकिन्छ भनेर सबै मिलेर काम गर्ने बेला भएको बताउनुभयो ।
कर्णाली आफैँमा सभ्यता, संस्कृतिदेखि प्राकृतिक स्रोत साधनले समेत भरिपूर्ण रहेकाले यो प्रदेशलाई अबको १०÷१५ वर्षमा समृद्ध प्रदेश बनाउन सकिने उपप्रधानमन्त्री खड्काको भनाइ थियो । चलचित्र क्षेत्रका लागि पनि कर्णाली प्रदेश आफैँमा एउटा क्यानभास भएको भन्दै खड्काले यसरी हुने चलचित्र महोत्सवले कर्णालीलाई संसारभर चनाउन मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
रासस
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच