म्याग्दी । म्याग्दीको मालिका गाउँपालिका वडा नं २ रुमका टेकबहादुर विक ७९ वर्षको हुनुभयो । उमेरले उमेरले आठ दशक छुनै लागे पनि गाउँले स्वच्छ खानपानले गर्दा उहाँ अझै हट्टाकट्टा हुनुहुन्छ । फरासिला विकले जीवनका अधिकांश समय ढुङ्गा खानीबाट घर छाउनी ढुङ्गा निकाल्दै र गाईभैसी र भेडाबाख्राको गोठालो गरेरै बिताउनुभयो ।
उहाँसँग जीवनमा भोगेका अनेकौँ अनुवभहरु छन् । उतिबेला टेकबहादुरले भोगेका कैयौं अनुभव अहिले आफैलाई नौलो लाग्छन् । उहाँले भोगेका सयौँ अनुभवहरु मध्ये एउटा यस्तो अनुवभव छ जो उहाँ कहिल्यै भुल्नु हुन्न । १४ दिनको पैदल यात्रा गरेर बुटवल पुगेर नुन बोकेर उपभोग गरेको अनुभव उहाँको मानसपटलमा अझै ताजै छ । उहाँले यो दुख चाहेर पनि भुल्न सक्नुहुन्न । दुर्गम गाउँ, त्यसमाथि पनि सरकारी निकायको ध्यान कम पुगेको गाउँ । विकासका कुनै पनि पूर्वाधारले नजोडिएको अवस्थामा गरेका अनेकौँ संघर्षपछि बल्ल गाउँसम्म बिजुली बत्ति र सडक पुगेको छ ।
गाउँमा यसरी मोटर गाडी गुड्ला, विजुली बत्तीले गाउँ घर झिलिमिली होला भन्ने उहाँले कहिल्लै कल्पना गर्नुभएको थिएन । तर, अहिले गाउँ घरमै सररर गाडी गुड्दा, बिजुली बत्तिले झिलिमिली हुँदा विक दङ्ग हुनुहुन्छ । विक मात्रै होइन गाउँमै सडक गाडी, विजुली, स्वास्थ्यचौकी, विद्यालय लगायतका विकासका पूर्वाधाहरु पुुगेपछि यहाँको वासिन्दाहरुको खुसीको सीमा नै छैन ।
सडक बनेर गाडीमार्फत बुटबल र चितवन लगाएतका ठाउँबाट घरदैलोमै खाद्यान्न लगाएतका आवश्यक चिजहरु आउन थालेपछि उमेरले ७० वसन्त पार गरेका यहाँका बृद्धबृद्धाहरुले विकास भनेको कस्तो हुँदोरहेछ भन्ने कुरा महशुस गर्न पाएका छन् ।
पश्चिम म्याग्दीको प्रमुख व्यापारिक केन्द्र तथा मालिका गाउँपालिकाको केन्द्र दरवाङबाट दुईतर्फी सडक गाउँमा पुगेपछि यस क्षेत्रका वासिन्दाहरुको जीवनमा खुसीयाली छाएको हो ।
“हाम्रो ठाउँमा यस्तो विकास होला भन्ने त मैले कहिल्यै सोचेको थिएन, तर अहिले त हेर्नुस् गाडी सररर चल्छन्, बिजुली बत्ती पनि थिएन त्यतिबेला, हामीले त सिठा र दियालो बालेर उज्यालो गराउँथ्यौँ, अहिले बुजुलीले झिलिमिली छ, एक दिन लाइन आएन भने अन्धकारमा बसे जस्तो हुन्छ,” रुम बेलीका मेखबहादुर पुनले भन्नुभयो “बटौलीमा गाडी देख्दा डराउँथ्यौँ, अहिले त के को डराउँनु अल्ली तल जानु प¥यो भने हिड्नै मन लाग्दैन, गाडीमै जाने भन्ने हुन्छ, गाडी नहुँदा, कोषौँ टाढा हिँडियो, अहिले सुबिस्ताले गर्दा २/४ पाइला पनि हिड्न गाह्रो लाग्छ ।”
उहाँले जिल्ला सदरमुकाम बेनी बजार आउजाउ गर्न चार दिन लागेको सुनाउँदै तत्कालीन समयमा यहाँका जनताले निकै दुख पाएको सुनाउनुहुन्छ । “कागज पत्रको काम गर्न बेनी जानुपथ्र्यो, उतिबेला गाडीको बाटो आएकै थिएन, हिड्दै जानु पथ्र्यो, यहाँबाट हिँडेर बेनी पुग्दा २ दिन, फर्किँदा २ दिन लाग्थ्यो, बाटोमा चोर लाग्ने गर्थे, निकै डर पनि हुन्थ्यो, आइमाई केटाकेटीलाई झन् धेरै समस्या हुन्थ्यो,” पुनले भन्नुभयो “अहिले त बिहान सररर गाडीमा गयो, साझँ खाना खान घरै आइन्छ, यस्तो सुविस्ता होला भन्ने त कस्ले सोचेको थियो होला र ?”
उहाँले अहिले गाउँ–गाउँमा मोटर गाडी आउन थालेपछि १५ दिन लगाएर नुन ल्याउनु पर्ने बाध्यता हटेको भन्दै यसले आफ्नो चोली फेरिएको जस्तो भएको बताउनुभयो । “पहिलेको दुखलाई सम्झिँदा खेरी त अहिले जुनी फेरिएको जस्ता लाग्छ, पहिलो कस्ता थिए ति दिन ?, अहिले कस्तो भयो ?, उतिबेला भोगेको दुखलाई सम्झिँदा अहिले त कथा जस्तो लाग्छ,” पुनले भन्नुभयो “अहिले त सबथोक छ, के छैन ?, उति बेला घ्यू बोकेर १५÷१५ दिन लगाएर बटौली पुगेर नुन, चामल बोकेर आउने दिन गए, अहिले त घरमै जे भन्यो त्यही एकै छिनमा आउँछ ।”
खच्चड र मानिसले नै बोकेर खाद्यान्न लगायतका सामान ढुवानी गर्दै आएका स्थानीयबासीले सडकले सिधा सम्पर्क जोडिएसंगै गाउँमा उत्पादन हुने उपजहरुलाई सहज बजारीकरणमा सुविधा पुग्ने भएपछि उत्साहित बनेका छन् ।
मालिका गाउँपालिकाको दक्षिणी भेगमा पर्ने रुम गाउँ २०.७४ वर्ग कि.मी क्षेत्रफलमा फैलिएको छ । बागलुङ जिल्लासँग सिमाना जोडिएको यो गाउँमा ३ हजार ७ सय ३ जनसंख्या छ । यहाँ मकै,कोदो,गहुँ,जौ,फापर आदीको राम्रो खेती हुन्छ ।
यस क्षेत्रमा उत्पादन हुने कृषि उपज,स्लेट ढुङ्गा र भेडाबाख्राको बजारीकरणमा सडक सञ्जालले टेवा पुर्याएको मालिका गाउँपालिका २ रुमका वडाअध्यक्ष उदयकुमार बूढाथोकीले बताउनुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच