१७ सार्वजनिक संस्थान घाटामा

Read Time = 6 mins

काठमाडौं । सरकारको लगानी रहेका कुल ४४ सार्वजनिक संस्थानमध्ये १७ वटा घाटा र २५ वटाले नाफा आर्जन गरेका छन् । दुईवटाको कारोबार शून्य देखिएको छ । सरकारले आइतबार सार्वजनिक गरेको सार्वजनिक संस्थानको वार्षिक स्थिति समीक्षा, २०८० अनुसार आर्थिक वर्ष २०७८/०७९ मा २५ संस्थान नाफामा, १७ संस्थान र दुईवटा संस्थानको कारोबार शून्य रहेको हो ।

कारोबार शून्य रहेको जनकपुर चुरोट कारखाना लिमिटेड बन्द रहेको छ भने विद्युत् उत्पादन कम्पनी लिमिटेड र राष्ट्रिय प्रसारण ग्रिड कम्पनी सञ्चालनमा प्रक्रियामा रहेको छ । घाटामा रहेका संस्थानमध्ये नेपाल ओरियण्ट म्याग्नासाइट प्रालि र बुटवल धागो कारखानाको पनि व्यावसायिक कारोबार छैन भने नेपाल रेल्वे कम्पनी पनि घाटामा रहेको छ । गत आर्थिक वर्षसम्ममा नाफामा सञ्चालित २५ संस्थानको खुद नाफा ३३.६५ प्रतिशतले बढेको छ भने नोक्सानीमा सञ्चालित १७ संस्थानको खुद नोक्सानी ६१०.९६ प्रतिशतले बढेको छ ।

सार्वजनिक संस्थानको प्रशासनिक खर्चमा २.४ प्रतिशतले कमी आएको छ । अघिल्लो आर्थिक वर्ष २०७७/०७८ मा सार्वजनिक संस्थानको कुल सञ्चालन आय चार खर्ब २२ अर्ब ४४ करोड १७ लाख रहेकोमा गत आर्थिक वर्ष २०७८/०७९ मा ३६.२२ प्रतिशतले वृद्धि भई पाँच खर्ब ७५ अर्ब ४३ करोड ५५ लाख पुगेको छ ।

सार्वजनिक संस्थानको खुद नाफा ९४.१५ प्रतिशतले घटेर आर्थिक वर्ष २०७८/०७९ मा नोक्सानीसमेत समायोजन गर्दा एक अर्ब ५४ करोड २० लाख पुगेको छ । नाफा भएका संस्थानबाट आर्थिक वर्ष २०७८/०७९ मा जम्मा छ अर्ब १५ करोड ५१ लाख लाभांश प्राप्त भएको छ ।

अघिल्लो आर्थिक वर्षको तुलनामा सार्वजनिक संस्थानको खुद नाफा ९४.१५ प्रतिशतले घटेर आर्थिक वर्ष २०७८/०७९ मा नोक्सानीसमेत समायोजन गर्दा एक अर्ब ५४ करोड २० लाख पुगेको छ । नाफा भएका संस्थानबाट आर्थिक वर्ष २०७८/०७९ मा जम्मा छ अर्ब १५ करोड ५१ लाख लाभांश प्राप्त भएको छ । उक्त रकम अघिल्लो वर्षको तुलनामा ८.४३ प्रतिशतले घटी होे । सार्वजनिक संस्थानको सञ्चित नाफा अघिल्लो आर्थिक वर्षको तुलनामा ०.७४ प्रतिशतले घटेर एक खर्ब १२ अर्ब ७२ करोड ७१ लाख पुगेको छ । सञ्चित नोक्सानी गत आर्थिक वर्षको तुलनामा १७६.८ प्रतिशतले बढेर ६० अर्ब ३१ करोड ९२ लाख कायम भएको छ । सबै संस्थानको सञ्चित नाफा ४२.९० प्रतिशतले घटेर ५२ अर्ब ४० करोड ७८ लाख पुगेको छ । समीक्षा अवधिमा संस्थानमा सरकारको कुल लगानी गत आर्थिक वर्षको तुलनामा ८.९७ प्रतिशतले बढेर छ खर्ब १८ अर्ब १६ करोड ४६ लाख पुगेको देखिन्छ । गत आर्थिक वर्षको तुलनामा सेयर लगानी ४.५४ प्रतिशतले बढेर तीन खर्ब २८ अर्ब ९२ करोड ७५ लाख पुगेको छ भने ऋण लगानी १४.४९ प्रतिशतले बढेर दुई खर्ब ८९ अर्ब २३ करोड ७१ लाख पुगेको छ ।

संस्थानहरू घाटा रहे पनि सरकारले एक वर्षको अन्तरालमा सार्वजनिक संस्थानमा ५१ अर्ब लगानी थपेको छ । जलविद्युत् उत्पादन तथा प्रसारण, विभिन्न विकास पूर्वाधार निर्माण, विमानस्थल निर्माण, दूरसञ्चार, खानेपानी आयोजना सञ्चालनलगायतका ठूला पूर्वाधार सञ्चालन गर्ने क्रममा सार्वजनिक संस्थानमा सेयर र ऋणमा लगानी निरन्तर बढ्दै गएको हो । हाल सञ्चालनमा नरहेका सार्वजनिक संस्थानको सम्पत्ति सुरक्षाका लागि केही सुरक्षाकर्मी र कर्मचारी राख्नुपर्दा प्रशासनिक खर्चका लागिसमेत लगानी गर्नुपर्दा ऋण तथा सेयर लगानीमा वृद्धि हुँदै गएको प्रतिवेदनमा उल्लेख छ । सार्वजनिक संस्थानमा सरकारको लगानी आर्थिक वर्ष २०७७/०७८ मा पाँच खर्ब ६७ अर्ब २८ करोड ८६ लाख रहेकोमा आर्थिक वर्ष २०७८/०७९ मा छ खर्ब १८ अर्ब १६ करोड ४६ लाख भई ८.९७ प्रतिशतले बढेको छ । जसमा सेयरको अंश ५३.२० प्रतिशत अर्थात् तीन खर्ब २८ अर्ब ९२ करोड ७५ लाख तथा ऋणको अंश ४६. ७९ प्रतिशत अर्थात् दुई खर्ब ८९ अर्ब २४ करोड रहेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?