काठमाडौं । काठमाडौंमा जारी नेपाल सुपर लिगमा अपराजित रहँदै धनगढी एफसी अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । पाँचौं खेलमा बिहीबार साँझ चितवन एफसीलाई १-० ले पराजित गर्दै धनगढी शीर्ष स्थानमा फर्किएको हो ।
धनगढीका लागि खेलको दोस्रो मिनेटमा ओलावाले आफिजले निर्णायक गोल गर्नुभयो । जुन प्रतियोगिताकै सबैभन्दा छिटो गोल समेत हो । पहिलो हाफकै इन्ज्युरी समयमा चितवनले बराबरी गर्ने मौका पाएको थियो ।
रिचार्ड आगेमांगले पेनाल्टी क्षेत्रभित्र ह्याण्ड गरेपछि रेफ्रीले पेनाल्टी दिनुभएको थियो । उक्त पेनाल्टीमा विमलले आफ्नो बायाँतर्फ गरेको प्रहार गोलरक्षक टिकेन्द्र थापाले बचाउनुभयो । टिकेन्द्र खेलको म्यान अफ द म्याच समेत घोषित हुनुभयो । टिकेन्द्रले यसै खेलमार्फत सुरुवाती ११ मा स्थान बनाउनुभएको थियो ।
चितवनले आजको सुरुवाती ११ मा दुई परिवर्तन गरेको थियो । रातो कार्ड पाउनुभएका उत्सव राईको स्थान हेम तामाङ र रोशन राना मगरको स्थानमा नवयुग श्रेष्ठ टोलीमा समावेश गरिएको थियो । तीन परिवर्तन गरेको धनगढीले गोलरक्षक मोहम्मद ताहाको स्थान टिकेन्द्र, मार्की आशिष चौधरीको स्थानमा अफिज ओलावाले र साइमन लिम्बूको स्थानमा अभिषेक गुरुङलाई खेलाएको थियो ।
यस जितले धनगढी ५ खेलमा ३ जित र २ बराबरीका साथ ११ अंक जोड्दै शीर्षस्थानमा छ । चितवन भने ६ खेलमा १ जित, २ बराबरी र ३ हारका साथ ५ अंक जोड्दै सातौं स्थानमा कायम छ ।
यस हारसँगै चितवनको प्लेअफ पुग्ने सम्भावना पातलिएको छ । लिग अन्तर्गत शुक्रबार झापा फुटबल क्लब र ललितपुर सिटी फुटबल क्लबबीच खेल हुनेछ । दशरथ रंगशालामा साँझ ५ बजे हुने खेल एनएसएलकै ५० औं खेल भएकाले टिकटमा ५० प्रतिशत छुट दिइएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच