नेपाल लाइफद्वारा ६४ लाख बढी दाबी भुक्तानी

Read Time = 1 min

काठमाडौं । जीवन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्सले ६४ लाख २५ हजार दाबी भुक्तानी गरेको छ । टीकापुर नगरपालिका १ कैलालीका बीमित नरबहादुर साउदको गत वैशाख १६ गते क्यान्सरका कारण निधन भएको थियो ।

टीकापुरमा आयोजित एक कार्यक्रमबीच कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीणरमण पराजुलीले ६४ लाख २५ हजारको चेक मृतकले इच्छाइएको व्यक्ति ज्ञानुदेवी साउद (श्रीमती) लाई हस्तान्तरण गर्नुभएको हो ।

कम्पनीका अनुसार आफ्नो जीवनकालमा स्वर्गीय साउदले नेपाल लाइफ इन्स्योरेन्सको टीकापुर शाखा कार्यालयबाट २०७५ भदौ १३ गते ५० लाख रुपैयाँ बीमांक भएको जीवन बीमा योजना लिनुभएको थियो । बीमांकबापतको रकमअन्तर्गत ५० लाख र बोनसबापत १४ लाख २५ हजार रुपैयाँ गरी जम्मा ६४ लाख २५ हजार रुपैयाँ प्रदान गरिएको हो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?