मुगुमा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु

हिमालय टाइम्स
Read Time = 2 mins

-नृपेन्द्र बहादुर मल्ल

मुगु । मुगु जिल्ला छायाँनाथ रारा नगरपालिका वडा नं १४ बाम गाँउ नजिक टयाक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

आईतबार राती जिल्ला सदरमुकाम गमगढी बजारबाट खानेपानीका पाईप बोकेर बाम गाँउ तिर जादै गरेको लु ४ प ७३६८ नम्बरको टयाक्टर गाँउको नजिकै रहेको फलात भन्ने स्थानमा दुर्घटना भै ५० मिटर तल खस्दा दुई जनाको घटनास्थल मै मृत्यु भएको हो ।

मृत्यु हुनेहरुमा ३० वर्षिया चालक काशीलाल बढुवाल र २० वर्षिय सह चालक शिव बढुवाल रहेका छन । आईतबार राती घटना घटेको भएपनि बाम गाँउका स्थानियहरुले सोमबार बिहान मात्र थाहा पाएको स्थानिय प्रेमसिंह बुढाले बताउनु भयो ।

१४ नं वडाका वडा अध्यक्ष जुन बहादुर खड्काले सोमबार बिहानै घटना बारे जानकारी गराए पश्चात अस्थायी प्रहरी चौकी बामका सुरक्षाकर्मीहरु घटना स्थलमा पुगी मृत्यु र घटना बारे जानकारी गराएको र ट्याक्टर कसरी दुर्घटना भयो त्यसको अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी नायव उपरिक्षक महेश बस्नेतले बताउनु भयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?