टर्कीको राष्ट्रपतिमा पुनः रेसेप निर्वाचित

Read Time = 1 min

एजेन्सी । टर्कीको राष्ट्रपतिमा पुनः रेसेप तैयप एर्दोगान निर्वाचित हुनुभएको छ । राष्ट्रपतिका लागि आइतबार भएको चुनावमा विजयी हासिल गर्दै पुनः पाँच वर्षका लागि रेसेपले आफ्नो कार्यकाल सुनिश्चित गर्नुभएको हो ।

दोस्रो चरणको चुनावमा एर्दोगानले आफ्ना प्रतिद्वन्द्वी केमाल किलिचदारोग्लुलाई हराउँदै जित हात पार्नुभएको हो । जितपछि एर्दोगानले साढे आठ करोड देशवासीले जितेको भन्दै राजधानी अंकरामा खुशी मनाउनुभएको छ । । तर, उहाँका प्रतिद्वन्द्वी विपक्षी गठबन्धनका नेता किलिचदारोग्लुले भने स्पष्टरूपमा जित स्वीकार गर्नुभएको छैन ।

राष्ट्रपति एर्दोगानले करिब ५२ प्रतिशत र किलिचदारोग्लुले करिब ४७ प्रतिशत मत पाउनुभएको छ । नाटो गठबन्धनमा रहेर पनि पश्चिमाहरूको निर्देशन नमान्ने एर्दोगानको रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग घनिष्ट सम्बन्ध छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?