काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले विवादास्पद नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक २०७९ लाई प्रमाणीकरण गर्नुभएको छ ।
बुधबार राष्ट्रपति पौडेलले सो विधेयक पारित गर्नुभएको हो । अघिल्लो प्रतिनिधिसभा र राष्ट्रियसभाबाट पारित भई प्रमाणीकरणका लागि पठाइएको उक्त नागरिकता विधेयक तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणीकरण नगरी फिर्ता पठाउनु भएको थियो ।
तर, नयाँ जनादेश आएर प्रतिनिधिसभा रहेका बेला सो विधेयक ‘मृत’ अवस्थामा पुगेकाले राष्ट्रपति पौडेलले प्रमाणीकरण गर्न नहुने केहीले बताएका थिए ।
सत्तारुढ गठबन्धनको बैठकले सो नागरिकता विधेयक प्रमाणीकरणका लागि राष्ट्रपतिसमक्ष आग्रह गर्ने गरेको निर्णयप्रति प्रमुख प्रतिपक्षी दल एमालेका सांसदहरुले संसदमा विरोध जनाएका थिए ।
तर, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भारत भ्रमणमा जानु केही घण्टाअघि राष्ट्रपति पौडेलले सो नागरिकता विधेकय प्रमाणीकरण गर्नुभएको हो ।
संघीय संसदले २०७९ काे साउनमै नागरिकता विधेयक पास गरेको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच