मोटरसाइकल दुर्घटना हुँदा दुईको मृत्यु

हिमालय टाइम्स
Read Time = 1 min

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका-४ कुविण्डेमा गएराति मोटरसाइकल दुर्घटना परेर दुई  जनाको घटनास्थलमै मृत्यु भएको छ ।

बा४५प ५५४१ नंको मोटरसाइकल दुर्घटनामा परी मृत्यु हुनेमा बलेफी गाउँपालिका-२ नौविसेका २२ वर्षीय प्रदीप माझी र चौतारा साँगाचोकगढी-११ का अन्दाजी १६ वर्षीय अनिल माझी रहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रामकुमार यादवले जानकारी दिनुभयो ।

गएराति करिब १२ बजेको समयमा सडकबाट एक सय ५० मिटर तल झरेको मोटरसाइकल पूर्णरुपमा क्षति भएको प्रनाउ यादवले बताउनुभयो ।  रासस

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?