काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलले आफ्नो १७औँ वार्षिकोत्सवका अवसरमा घरबारविहीन र मानसिक सन्तुलन गुमाएर सडकमा आश्रय लिई बसेका व्यक्तिलाई चैत २० देखि वैशाख ६ गतेसम्म करिब १७ सय व्यक्तिलाई १७ दिन भोजनको व्यवस्था गरेको छ । भोटु इन्दिरा समाज कल्याण संस्थासँगको सहकार्यमा जोरपाटी, चाबहिल, बौद्ध, मैतीदेवी, सेतोपुल, पुरानो बानेश्वर, भीमसेनगोला, बत्तीसपुतली, सिनामंगल, गौशालालगायतका स्थानमा नदी किनार, सडक छेउमा र पुलमुनि बस्ने घरबारविहीनलाई बैंकले भोजन वितरण गरेको हो ।
गत कोरोनाको सुरुवातसँगै सडकमा आश्रित घरबारविहीनलाई खाना खुवाउने कार्यको थालनी गरेको संस्थाले हालसम्म तीन लाखभन्दा बढीलाई खाना खुवाएको छ भने पाँच सय भन्दा बढीलाई अन्य सहयोग गरिसकेको छ । बैंकले बिहीबार कोशी प्रदेशको धरान शाखाबाट निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरी करिब एक सय ५० सेवाग्राहीलाई सेवा प्रदान गरेको छ ।
सोही दिन कोशी प्रदेशको धरान शाखा र महेन्द्रचोक शाखा, मधेश प्रदेशको महेन्द्रनगर धनुषा शाखा, बागमती प्रदेशको ठिमी, थानकोट, भैंसेपाटी, सामाखुसी, टेकु र नारायणगढ शाखा, कर्णाली प्रदेशको सुर्खेत शाखा, सुदूरपश्चिमको धनगढी र महेन्द्रनगर शाखाबाट बृहत् रक्तदान कार्यक्रम आयोजना गरेको छ । विभिन्न शाखामा गरेको रक्तदान कार्यक्रममा दुई सय २२ दाताले रक्तदान गरेका बैंकले जनाएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच