काठमाडौं । सेयर बजार बुधबार पनि सम्हालिएन । सरकारले आगामी आर्थिक बर्षको बजेट प्रस्तुत गरेपछि पनि सेयर बजारमा सुधार आएको छैन । बुधबार नेप्से सूचक ३८.८३ अंकले घटेर १८४९.७९ विन्दुमा आएको छ । २ दिनमै बजार करिब ९२ अंकले घटिसकेको छ । यसदिन २ अर्ब ३१ करोड रुपैयाँको सेयर कारोबार भएको छ ।
पुँजीगत लाभकरलाई नै अन्तिम कर मान्नुपर्ने लगानीकर्ताले बताएका छन् । बजेटमा लगानीकर्ताले हाल तिरिरहेको पुँजीगत लाभकर अन्तिम नभएको अर्थ लाग्ने गरी भाषा प्रयोग गरिएको छ । बजेट सेयर बजारमैत्री नभएको भन्दै लगानीकर्ताहरु रुष्ट छन् । लगानीकर्ता रिसाँउदा बजार मंगलबारदेखि घटिरहेको छ । अघिल्लो दिन घटेको नेप्से बुधबार पनि सम्हालिन नसकेको हो ।
यस दिन २६२ कम्पनीको ८७ लाख ३६ हजार कित्ता सेयर कारोबार भएको छ । ३४ करोड २८ लाख रुपैयाँसहित कारोबार रकममा प्रभु बैंकको संस्थापक सेयर अग्रस्थानमा परेको छ । यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः शिवम् सिमेन्ट्स र स्टान्डर्ड चार्टर्ड बैंक परेका छन्
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच