सिजीले ल्यायो बेकोका एसी

Read Time = 2 mins

काठमाडौं । सिजी इलेक्ट्रोनिक्सले युरोपियन इलेक्ट्रोनिक्स ब्रान्ड बेकोको ऊर्जामैत्री एयर कन्डिसनर नेपाली बजारमा सार्वजनिक गरेको छ । जाडो र गर्मी दुवै मौसममा उपयोगी एयर कन्डिसनरमा गो क्लिन, जोनफ्लो, गोल्ड गार्डलगायतका अत्याधुनिक फिचर्स तथा प्रविधि रहेको कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार गो क्लिन टेक्नोलोजीले एयर कन्डिसनरमा टाँसिएको धुलो र फोहोर आफैं पखाल्छ, जसले गर्दा एयर कन्डिसनरमा ब्याक्टेरिया र ढुसी जम्न दिँदैन, गन्ध घटाउँछ र ताजा र स्वच्छ हावा प्रवाह गर्छ ।

त्यस्तै गोल्ड गार्ड फिचर्सले एयर कन्डिसनको क्षमता लामो समयसम्म टिकाउन सहयोग पु¥याउँछ भने जोनफ्लो प्रविधिले स्वचालितरूपमा कोठाको तापक्रम समायोजन गर्छ ।

रिमोटमा रहेको विशेष सेन्सरले प्रयोगकर्तालाई कोठाको जुनसुकै कुनामा पनि समान तापक्रम अनुभूति प्रदान गर्ने कम्पनीको दाबी छ । नेपाली बजारमा एक टन, १.५ टन र दुई टनमा उपलब्ध एयर कन्डिसनरमा १० वर्षको वारेन्टी रहेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?