भारतीय नयाँ संसद् भवन : सभ्यता र सम्भावना बीचको बहस

Read Time = 14 mins

जी-२० सम्मेलनको तयारीमा रहेको भारत आर्थिक चर्चाका साथै नयाँ संसद् भवनको उद्घाटनको प्रसंगले विश्व चर्चामा रहृयो । २८ मेका दिन प्रधानमन्त्री नरेन्द्र मोदीले उद्घाटन गर्ने विषयलाई लिएर प्रतिपक्षी २० वटा दलहरूले बहिष्कार गर्नुका साथै राष्ट्रपतिद्वारा उद्घाटन गराउने मुद्दामा अडिग रहे । नयाँ संसद् भवनको आवश्यकता, उद्घाटनको मिति तथा उद्घाटन गर्ने सही पात्रको विषयले सबैको साझा आस्था स्थलका रूपमा रहन नसकेको देखियो । भारतीय संसद् भवनको विषय भए पनि खास गरी नेपाली धार्मिक क्षेत्र, राजनीतिक दल तथा बुद्धिजीवीका लागि विश्लेषणीय रहेको छ ।

रुस-युक्रेन युद्धले सिर्जना गरेको आर्थिक समस्या तथा सुरक्षा खतराका बीचमा स्वतन्त्र परराष्ट्र नीतिमार्फत सस्तोमा कच्चा तेल रुसबाट खरिद गरी नाफा कमाइरहेको छ । आन्तरिक मजबुत अर्थतन्त्रले पनि आर्थिक तथा सामजिक क्षमतामा वृद्धि भइरहेको देखिन्छ । बहुमतको सरकारका कारण सरकारी नीतिहरू सहजै कार्यान्वयनमा ल्याउन सफल भइरहेको अवस्थाका कारण विश्व शक्ति बन्ने दौडमा क्रमशः अगाडि बढी नै रहेको सुखद् लक्षण रहेको छ । सफलताका यिनै आधारमा बढेको आत्मविश्वास नयाँ संसद् भवनको उद्घाटनमा देख्न पाइन्छ । आगामी सन २०२४ मा लोकसभाको निर्वाचन हुन लागिरहेकाले नयाँ सरकारको पनि नेतृत्व गर्न सक्ने गरी विजय प्राप्त गर्ने अवसरका रूपमा नयाँ संसद् भवनको बहसले अवसर जुटाइदिएको देखिन्छ ।

संसद् भवनलाई मन्दिरको रूपमा सबैको आस्थाको केन्द्र बनाउने प्रयास तथा सकारात्मक बहस, न्यायिक परिणाम दिने केन्द्रको रूपमा स्थापित गराउने उद्देश्यलाई सार्थक बनाउने गम्भीर प्रयास थियो । प्राचीन सभ्यतालाई पुनर्रुत्थान गर्ने गरी गरिएको उद्घाटन कार्यक्रमका कारण र, सांस्कृतिक, ऐतिहासिक बहसको प्रारम्भ भएको छ । 

धार्मिक, सांस्कृतिक प्रभाव : सामान्य भवन उद्घाटनको कार्यक्रमभन्दा फरक ब्रहृमदण्डको स्थापनाले प्राचीन राजवंशीय परम्पराको थालनी गरिएको छ । चोल साम्राज्य कालमा सत्ता हस्तान्तरण गर्दा प्रयोगमा ल्याइने संगोल (ब्रहृमदण्ड) प्रधानमन्त्री नरेन्द्र मोदीले धर्म गुरुबाट ग्रहण गरी संसद् भवनमा स्थापना गरिएको प्रसंगले वैदिक राज्यसत्ता सञ्चालनको अभास दिँदै नयाँ इतिहास रच्न खोजिएको छ । वैदिक मन्त्रोच्चारणसहित पूजन-हवनपश्चात ब्रहृमदण्ड लिएर संसद् भवनमा स्थापना गरिएको दृश्य नयाँ सांस्कृतिक पहिचान थियो ।

संसद् भवनलाई मन्दिरको रूपमा सबैको आस्थाको केन्द्र बनाउने प्रयास तथा सकारात्मक बहस, न्यायिक परिणाम दिने केन्द्रको रूपमा स्थापित गराउने उद्देश्यलाई सार्थक बनाउने गम्भीर प्रयास थियो । प्राचीन सभ्यतालाई पुनर्रुत्थान गर्ने गरी गरिएको उद्घाटन कार्यक्रमका कारण राजनीतिक बहस गर्ने सांस्कृतिक, ऐतिहासिक बहसको प्रारम्भ भएको छ । सृष्टिकर्ता ब्रहृमाजीबाट पृथ्वीमा न्यायपूर्ण शासन गर्न सक्षम बनाउन भगवान कार्तिकेयलाई प्रदान गरिएको ब्रहृमदण्ड (सेंगोल) को प्रसंगले मौलिक शासन व्यवस्थाको प्रारम्भ भएको जनाउन मद्दत गरेको छ । औपनिवेशिक शासकको निरन्तरताको अन्त्य र मौलिक शासन व्यवस्थाको स्थापना गर्ने प्रयासका रूपमा सञ्चारमाध्यमले वर्णन गरिरहेका छन् ।

गान्धी र वीर सावरकर : चर्चाको केन्द्रमा : वीर सावरकरको जन्म जयन्ती पारेर गरिएको उद्घाटन हिन्दु राष्ट्र बनाउने उद्देश्यले गरिएको हो भन्दै विपक्षीहरूद्वारा आरोप लगाइरहेको अवस्थामा गान्धीको प्रतिमामा पुष्प अर्पण गर्दै भवनमा प्रवेश गरिएको दृश्यले पनि जवाफ दिन खोजेको देखिन्छ । महात्मा गान्धीको हत्यामा आरोपित भई छानविन भएको, ब्रिटिश सरकारसँग रिहाइका लागि निवेदन दिएको कुरा वीर सावरकरको विरोधमा विपक्षीहरूबाट प्रश्न गरेको पाइन्छ । भारतीय जनता पार्टीका लागि आर्दश पुरुषका रूपमा रहनु भएका वीर सावरकरको फोटोमा भवनभित्र पुष्प प्रदान गरेको दृश्यले उहाँको योगदानलाई बुझ्न मद्धत पुग्दछ । गान्धी र वीर सावरकर एक अर्काका विरोधी झैँ चर्चामा रहेका व्यक्तित्वलाई सम्मान गरिएको दृश्यले ‘स्वराज्य र मेलमिलाप’ अभियानको सार्थकता विस्तारै प्रमाणित हुँदै जाने विश्वास अझ दृढ हुन सकेको छ ।

स्वराज्यको नारा सफलतापूर्वक जनताका माझमा पु¥याउन सफल हुनुभएका महात्मा गान्धी अहिंसाका माध्यमबाट ब्रिटिश उपनिवेसबाट स्वतन्त्रता प्राप्त गर्न सकिन्छ भन्ने कुरामा ढुक्क हुनुहुन्थ्यो । ऋगवेदमा उल्लेख भएको ‘स्वराज्य’लाई स्वतन्त्रताको मूलमन्त्र बनाउन प्रेरित गर्ने गोपालकृष्ण गोखलेलाई राजनीतिक गुरु महात्मा गान्धीले मान्नुभएको पाइन्छ । हिन्दुत्वको भावनालाई ब्रिटिश उपनिवेशबाट मुक्ति दिलाउन प्रेरित गर्ने वीर सावरकरलाई सत्तारूढ भारतीय जनता पार्टीले सम्मान गरेको देखिन्छ । ब्रिटिश उपनिवेशबाट मुक्ति दिलाउन योगदान पुर्‍याएका दुवै व्यक्तित्वलाई सम्मान गरिएको दृश्यले स्वतन्त्रता सेनानीहरूलाई सम्मान गरिएको देखिन्छ ।

जी-२० सम्मिट र कास्मिर : जी-२० समिटको बैठक काशमीरमा आयोजना गरी राष्ट्रिय सुरक्षा र अन्तर्राष्ट्रिय सर्मथन जुटाउन सफल नरेन्द्र मोदीको कार्यकाल सनातन संस्कृतिलाई संस्थागत गर्न पनि पछि नपर्ने घटनाको रूपमा संसद्को उद्घाटनलाई लिन सकिन्छ । युवा सन्त धीरेन्द्र शास्त्रीले भारतलाई हिन्दु राष्ट्र बनाउने उद्घोष गर्दै भारतका विभिन्न शहरमा प्रवचन गरी रहँदा शंकराचार्यद्वारा ‘रामराज्य’ र मेलमिलाप विश्वको आधार बन्न सक्ने ठम्याइरहेको छ । ऋगवेदमा स्वराज्यको कुरा गरेको घटनाले सनातन धर्मका बीचमा समानधारणा नरहेको देखिन्छ । हिन्दु राष्ट्र र रामराज्यका बीच विभाजित धार्मिक जनमतलाई विचार गर्दा नेपालबाट स्वराज्य र मेलमिलाप’ को अवधारणा धेरै पहिलेबाटै उठाउँदै आइरहेको पनि छलफलको विषय बन्ने देखिन्छ ।

हिन्दु राष्ट्रको सफल अभ्यास भएको नेपालको अनुभवलाई समेत विश्लेषण गर्दै अबको युगमा स्वराज्य’ को व्यावस्था रहेको र प्रजातन्त्र, राष्ट्रियता र समावेशी राज्यको ग्यारेन्टी गर्ने सिद्धान्त भएकाले सबैले आफ्नो ठान्ने राज्य बन्नेछ । कुनै पक्षलाई दबाएर शासन गर्न सम्भव नहुनु, स्वयं नरेन्द्र मोदीले सबका साथ सबका विकास तथा सबका विश्वास भन्नु वैदिक स्वराज्यको भावना हो । जी-२० समिटका अवसरमा विश्वका विकसित राष्ट्रहरूको ध्यानाकर्षण भारततर्फ भइरहेको अवस्थामा प्राचीन भारतीय शासन व्यवस्थाको चर्चालाई अगाडि बढाउनु सभ्यता संवाद तथा नयाँ विश्वव्यावस्थाको मार्गचित्र हो । सबै धर्म प्रार्थनासहित आध्यात्मिक वातावरणमा नयाँ संसद् भवनको उद्घाटन हुनुले अन्तधार्मिक संवादलाई पनि महत्व दिएको देखिन्छ ।

ब्रिटिश औपनिवेशिक संरचनाका रूपमा रहेको पुरानो संसद् भवन स्वतन्त्रता प्राप्त गरेको पचहत्तरौं वर्षपछि त्याग्दा खुशी भएको भारतीय मन पराधीनताको पीडाबाट मुक्त हुन खोजेको क्षण हो । इतिहास र वर्तमानका मानकहरूमा नेपाली भारतीय मनहरूलाई बुझ्ने कोसिस गर्दा मात्रै सौहार्द्रता बढाउन सकिन्छ ।

जी-२० समिटकै अंगको रूपमा विभिन्न धर्मावलम्बीहरू सम्मिलित अन्तर्धार्मिक बैठक पनि भारत सरकारले गरेको समाचारले अन्तर्धार्मिक परिषद् नेपाल गठन गरी द्वन्द्व रूपान्तरणमा नेपालले खेलेको भूमिकाले पनि महत्व पाउने देखिन्छ । बजरंग दल, राष्ट्रिय स्वयंसेवक संघजस्ता सत्तारुढ भारतीय जनता पार्टीका धार्मिक संगठनहरूको अन्य धर्मावलम्बीप्रति रहेको असहिष्णु व्यवहारमा पनि सुधार आउन सक्नेछ । शान्ति शिक्षा अध्यन अध्यापन हुने सिक्किम विश्वविद्यालयको स्नातकोत्तर तहको पाठयक्रिममा समेत द्वन्द्वरूपान्तरणका लागि ‘अन्तर्धार्मिक पहल’लाई उल्लेख गरी महत्व दिएको देखिन्छ । मणिपुरमा हालै भएको जातीय हिंसामा धेरै घरबाट आगलागीबाट नष्ट हुनु, धेरैको ज्यान जानुले अन्तर्धार्मिक अवधारणालाई शान्ति तथा सुरक्षाका लागि उपयोगी बनाउनु पर्नेतर्फ ध्यानाकर्षण गर्दछ ।

नेपाल-भारत सहकार्य : नत्वे आर्यस्य दाश भावः । आर्यहरू कहिल्यै दास हँुदैनन् भन्ने चाणक्यको भनाइलाई सदा स्वतन्त्र रहन सफल नेपालका जनताहरूले राष्ट्रिय एकीकरणको माध्यमले सार्थक तुल्याएका हुन् । ब्रिटिश औपनिवेशिक संरचनाका रूपमा रहेको पुरानो संसद् भवन स्वतन्त्रता प्राप्त गरेको पचहत्तरौं वर्षपछि त्याग्दा खुशी भएको भारतीय मन पराधीनताको पीडाबाट मुक्त हुन खोजेको क्षण हो ।

इतिहास र वर्तमानका मानकहरूमा नेपाली भारतीय मनहरूलाई बुझ्ने कोसिस गर्दा मात्रै सौहार्द्रता बढाउन सकिन्छ । भारतप्रति नेपालीहरूको संशयको भावनालाई गम्भीरतापूर्वक लिँदै सहयोग र सहकार्यको वातावरण बनाउन निम्न कार्यक्रमले सहयोग पुग्नेछ :

क) पशुपतिनाथ र विश्वव्यावस्था  : विश्वशान्ति, धर्मान्तरणमा रोक, वैदिक संस्कृतिको संरक्षण र प्रवद्र्धनमा भारत सरकारको सहयोग ।
ख) मानसखण्ड सर्किट विराट सर्किट, रामायण सर्किट, बौद्ध सर्किटलाई नेपाल, भारत साझा कार्यक्रमका रूपमा अगाडि बढाउने ।
ग) द्वन्द्व रूपान्तरण र शान्ति स्थापनामा धर्म तथा अध्यात्मिक क्षेत्रको भूमिका भावी द्वन्द्वहरूलाई समाधान गर्न यो अनुसन्धानलाई सिक्किम विश्वविद्यालयको पाठ्यक्रममा समावेश गराउने ।
घ) स्वराज्य र मेलमिलाप : वैदिक स्वराज्य र मेलमिलापलाई अगाडि बढाउँदै नेपाल चर्खा प्रचारक गान्धी तुलसी स्मारक मुहागुठीलाई गैरसरकारी शान्ति सचिवालय (नेपाल, भारत)का रूपमा अगाडि बढाउने ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?