अमेरिका अभिनेता डयानीमाथि बलात्कारको आरोप पुष्टी, ३० बर्षको जेल सजायँ

Read Time = 2 mins

लस एन्जलस । अमेरिकन अभिनेता ड्यानी मास्टरसनले दुई महिलामाथि बलात्कार गरेको पुष्टी भएको छ ।

लस एन्जलस काउन्टी जिल्ला अधिवक्ताका अनुसार उनीमाथि लगाईएको कयौं आरोपमध्ये दुई महिलालाई बलात्कार गरेको आरोप पुष्टी भएपछि उनलाई जेल सजायँ तोकिएको हो ।

लस एन्जलसको एक अदालतमा बुधबार पुनः भएको सुनुवाईको क्रममा बलात्कारको तीनवटा मुद्दाहरू मध्ये दुईमा दोषी पाईएको हो । उनलाई सो अदालतले ३० बर्षको जेल सजाय तोकेको छ भने अदालतको फैसालासँगै उनलाई हत्कडी लगाएर नियन्त्रणमा लिईएको छ ।

‘अगाडि आएर साहसका साथ आफ्ना अनुभव साझा गर्ने तीन जना महिलालाई हामी कृतज्ञता व्यक्त गर्न चाहन्छौं। तिनीहरूको साहस र शक्ति हामी सबैको लागि प्रेरणा भएको छ,’ जिल्ला अधिवक्ता ग्यासकोनले भने, ‘जब हामी निराश छौं कि जूरीले सबै गणनामा दोषी ठहराउन सकेन, हामी उनीहरूको निर्णयलाई सम्मान गर्छौं।’

‘दि ७० शो स्टार’ का ४७ वर्षीया अभिनेता ड्यानीले सन् २००१ र २००३ को बीचमा छुट्टाछुट्टै घटनामा आफ्नो घरमा तीनजना महिलालाई बलात्कार गरेको अभियोगमा दोषी प्रमाणित भएका हुन । यद्धपी, उनले सो आरोप भने अस्विकार गरेका छन ।

अदालतको फैसालासँगै अब उनले राज्य जेलमा ३० वर्षसम्म आजीवन जेल सजाय भोग्नु पर्नेछ । सो फैसालालगत्तै मास्टरसनलाई बुधबार हिरासतमा लिइएको सिएनएनले जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?