पूर्व उपकुलपतिसहित ३ जना भ्रष्टाचार मुद्दामा दोषी ठहर

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका पूर्व उपकुलपति डा. बलभद्रप्रसाद दाससहित तीन जना दोषी ठहर भएका छन्।

​भ्रष्टाचार मुद्दा लागेका पूर्व उपकुलपति दाससहित ३ जनालाई विशेष अदालत काठमाडौंले दोषी ठहर गर्दै कैद र जरिवानाको सजाय सुनाएको हो।

न्यायाधीशद्वय बलभद्र बास्तोला र खुसीप्रसाद थारुको संयुक्त इजलासले ३ जनालाई जनही १ वर्ष कैद र २५ हजार रुपैयाँ जरिवाना तोकेको छ। दाससहित अरविन्दकुमार सिन्हा र नन्दकुमार थापालाई इजलासले दोषी ठहर गरेको हो।

अन्य ५ जना प्रतिवादीले भने सफाइ पाएका छन्। प्रतिष्ठानका लेखा प्रमुख दिनेशराज दाहाल, डेपुटी मेनेजर अमित श्रीवास्तव, रजिष्ट्रार तुलबहादुर श्रेष्ठ, उपकरण सप्लायर्स कम्पनीका सञ्चालकहरू चेतन अग्रवाल र उमेश अग्रवालले सफाइ पाएका हुन्।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उपकरण (वस्तु) तथा सेवा खरिदमा भ्रष्टाचार गरेको दाबीसहित ८ जनाविरुद्ध २०७६ असार ३० गते भ्रष्टाचारको मुद्दा दायर गरेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 Comment

रिलेटेड न्युज

छुटाउनुभयो कि ?