यस्तो छ- आजको बिनिमय दर, युरोको भाउ १४० नाघ्यो

Read Time = 2 mins

काठमाडौं । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ ।

जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।

आज अमेरिकन डलरको खरिद दर १३१ रूपैयाँ ५६ पैसा र बिक्री दर १३२ रूपैयाँ १६ पैसा रहेको छ भने युरो एकको खरिद दर १४० रूपैयाँ ८० पैसा र बिक्री दर १४१ रूपैयाँ ४४ पैसा रहेको छ।

राष्ट्र बैंकका अनुसार बेलायती पाउण्ड स्टर्लिग एकको खरिद दर १६३ रूपैयाँ ८१ पैसा र बिक्री दर १६४ रूपैयाँ ५५ पैसा तथा क्यानेडियन १ को खरिददर ९६.९८ र बिकी दर ९७.४३ रहेको छ ।

यता अस्ट्रेलियन डलर एकको खरिद दर ८५.७६ रुपैयाँ रहेको छ भने बिक्री दर ८६.१६ रुपैयाँमा किनबेच भइरहेको छ ।

साथै, कतारी रियालको मूल्य एकको खरिद दर ३६ रूपैयाँ ११ पैसा र बिक्री दर ३६ रूपैयाँ २७ पैसा, साउदी रियाल एकको खरिद दर ३५.०८ रुपैयाँ रहेको छ भने बिक्री दर ३५.२४ रुपैयाँ, मलेसियन रिंगिट एकको खरिद दर २८.५२ रुपैयाँ तथा बिक्री दर २९.६५ रुपैयाँ रहेको छ ।

साउथ कोरियन वन १०० को खरिददर ९.९६ रुपैयाँ छ भने बिक्री दर ९०.०१ रुपैयाँ रहेको राष्ट्र बैंकले जनाएको छ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?