भाेलि चौथो राष्ट्रिय रिङ रेस्लिङ महाभिडन्त हुँदै, अवलोकन निःशुल्क

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । काठमाडौंकाे लैनचाैरस्थित टि. टि. हल मा ‘चौथो राष्ट्रिय रिङ रेस्लिङ महाभिडन्त’ हुने भएकाे छ ।

शनिबार (भाेलि) हुने उत्त प्रतियोगिता राष्ट्रिय खेलकुद परिषदको सहयोग तथा नेपाल रिङ रेस्लिङ संघको आयोजना हुन लागेको हो । दिउँसो २ बजे सुरु हुने प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको संघकी महासचिव सुवर्ण श्रेष्ठले जानकारी दिनुभयो।

प्रतियोगिता अन्तर्गत लाइट वेट, ट्रिपल थ्रेट म्याच, हार्डकोर भिडन्त, महिलातर्फको भिडन्त र हेभीवेट गरी विभिन्न क्याटोगरीमा प्रतियोगिता हुनेछ ।

प्रतियोगितामा सिजे वर्ल्ड, कम्व्याट, तन्नु,आकृती, टुप्पी ग्याङ, सुजल, एक्स हिरो, चट्टान, स्पाइडर म्यान, डेभिड, साइन नुवाकोटे टाइगरको रोचक भिडन्त हुनेछ ।

प्रतियोगितामा लाइट वेटतर्फको विजेताले नगद रु ६५ हजार, ट्याग टिम च्याम्पियनले नगद रु १ लाख २५ हजार, लेडिज वेट च्याम्पियनले नगद रु ८० हजार, हार्डकोर च्याम्पियनले नगद रु १ लाख र हेभीवेट च्याम्पियनले नगद रु १ लाख ५५ हजार प्राप्त गर्नेछन् । सबै विजेतालाई नगदका साथमा मेडल, प्रमाणपत्र च्याम्पियन बेल्ट प्रदान गरिने आयोजकले जनाएको छ ।

प्रतियोगितामा रेफ्रिको भूमिकामा सञ्जय महर्जन र राकेश बिक रहेको आयोजकले जनाएको छ । कार्यक्रम सञ्चालन ख्याती प्राप्त कलाकार जीवन तामाङले गर्दै हुनुहुन्छ ।

प्रतियोगिता सम्पन्न गर्न करिव १७ लाख खर्च हुने आयोजकको भनाइ छ । दर्शकहरुको सहजताका लागि आयोजकले प्रतियोगिता अवलोकन निःशुल्क गरेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?