रुपन्देही । लुम्बिनीका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज दिउँसो ४ बजे बस्ने प्रदेशसभा बैठकमा आफ्ना भनाइ राखेर त्यहीँबाटै राजीनामा घोषणा गर्ने छ ।
आफनो पक्षमा बहुमत पुर्याउन नसेपछि उहाँले बिस्वासको मत नलिने र संसदमा सम्बोधन गर्ने र राजीनामा दिने तयारी भएको मुख्यमन्त्री श्रोतले जनाएको छ ।
नयाँ गठबन्धनबाट मुख्यमन्त्री बन्न लागेका माओवादी संसदीय दलका नेता जोखबहादुर महराले बहुमत सदस्यको समर्थन जुटाएपछि मुख्यमन्त्री चौधरीले राजीनामा दिन लाग्नु भएको हो।
नेकपा माओवादी संसदीय दलका नेता महरालाई मुख्यमन्त्री बनाउन समर्थन गर्दै एमालेका २९, माओवादी केन्द्रका १०, जसपा नेपालका ३, नेपका एकीकृत समाजवादीका १ र स्वतन्त्र १ गरी ४४ जनाले हस्ताक्षर गरिसकेका छन् ।
नागरिक उन्मुक्तिले पनि समर्थन गर्ने जानकारी दिइसकेको तर, हस्ताक्षर प्रक्रिया अझै सहभागी नभएको माओवादी केन्द्रका लुम्बिनीका प्रदेश अध्यक्ष सुदर्शन बरालले बताउनु भयो । मुख्यमन्त्री चौधरीले राजीनामाको विषयमा निर्णय लिन प्रदेशसभा बैठकअघि संसदीय दलको बैठक वोलाउनु भएको छ।बैठक अघि नै उहाँले राजीनामा दिने गरी तयारी गरेको र संसदीय दलको बैठकमा पनि त्यही विषय राख्ने कांग्रेसका एक प्रदेशसभा सदस्यले बताउनु भयो।
केन्द्रमा नयाँ गठबन्धन बनेपछि मुख्यमन्त्री चौधरी अल्पमतमा पर्नु भएको थियो। अहिले कांग्रेसका २७, लोसपा र जनमतका ३/३ र जनमोर्चाका १ प्रदेशसभा सदस्यको मात्र समर्थन जुटेको छ ।
३ प्रदेशसभा सदस्य रहेको राप्रपाले अहिलेसम्म कुनै निर्णय गरेको छैन । त्यस्तै विवादका कारण अन्तिम निर्णय नगरेको ४ प्रदेशसभा सदस्य रहेको नागरिक उन्मुक्ति पनि अन्तिम समयमा नयाँ गठबन्धनतिरै लाग्ने भएकाले मुख्यमन्त्रीले प्रदेश सभा बैठकमा सम्बोधन गरेर राजीनामा दिने गर्नु भएको बताईएको छ । कांग्रेसका प्रमुख सचेतक जन्मजय तिमिल्सिनाले भने राजीनामा आउनसक्ने तर, त्यसको निर्णय संसदीय दलको बैठकपछि मात्र टुंगो लाग्ने बताउनु भयो।
८७ सदस्यीय लुम्बिनी प्रदेशसभामा राप्रपाका एक सदस्य निलम्बनमा परेपछि अहिले ८६ कायम छ । सरकार गठन गर्न कम्तीमा ४४ मत आवश्यक पर्छ । लुम्बिनीमा एमालेका २९, कांग्रेसका २७, माओवादीका सभामुखसहित ११, नागरिक उन्मुक्तिका ४, राप्रपा, लोसपा, जनमत र जसपाका ३/३, राष्ट्रिय जनमोर्चा, नेकपा एकीकृत समाजवादीका १÷१ र स्वतन्त्रबाट १ प्रदेशसभा सदस्य निर्वाचित सदस्य रहेका छन् ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच