नागरिकता विधेयक प्रमाणीकरणबारे एमालेले भन्यो: संविधान, कानुन र संसदीय मान्यता विपरीत

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । नेकपा एमालेले राष्ट्रपति रामचन्द्र पौडेलले गर्नुभउको नागरिकता विधेयक प्रमाणीकरण संविधान, कानुन र संसदीय मान्यता विपरीत भएको बताएको छ ।

पार्टी कार्यालय च्यासलमा बसेको सचिवालयको बैठकपछि उपमहासचिव प्रदीप ज्ञवालीले संविधानविरोधी उक्त कदमको पार्टीले विरोध गर्ने समेत बताउनु भयो ।

संघीय संसदको निर्णय र संसदका सभामुख वा अध्यक्षको सिफारिसमा मात्रै कानून बन्ने व्यवस्था रहेको बताउनु भयो ।

उपमहासचिव ज्ञवालीले तत्कालीन राष्ट्रपतिले संवैधानिक समयसीमाभित्र प्रमाणीकरण नगरेपछि नागरिकता विधेयक निश्क्रिय भइसकेको र नयाँ संसद आइसकेको अवस्थामा यसरी विधेयक प्रमाणीकरण गर्नु संसदको अपमान भएको समेत बताउनु भयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?