गर्मी महिनामा स्वास्थ्यको हेरविचार

हिमालय टाइम्स
Read Time = 5 mins

काठमाडौं । यतिबेला गर्मीको मौसम छ । गर्मी भन्नासाथ पसिना, दुर्गन्ध, डिहाइड्रेसन, बेचैनी, आलस्यता तथा ऊर्जाको कमी भएजस्तो समस्या तपाईं-हामी सबैले भोगिरहेका हुन्छौँ । अत्यधिक तापक्रम, धुलो, धुँवा र प्रदूषित वातावरणका कारण गर्मीयाममा स्वास्थ्यमा नकारात्मक असर पर्ने गर्छ ।

गर्मीको मौसममा सडक पेटीमा राखेको खानेकुरा जस्तै पानीपुरी, चटपटे, निम्बुपानी र वरफ, आइसक्रिमलगायतका खानेकुरा खानाले स्वास्थ्यमा विभिन्न समस्या आउने गर्दछ । यस्ता खानेकुराले झाडापखाला तथा बान्ता हुने, रुघाखोकी लागेर लामो समय निको नहुने लगायत समस्या आउन सक्छ । त्यसैले यस्ता खानेकुराबाट बच्नुपर्दछ ।

गर्मी मौसममा स्वास्थ्यप्रति सचेत भइएन भने विभिन्न किसिमका स्वास्थ्य समस्या आउन सक्ने चिकित्सक बताउँछन् । मौसमअनुसारको दैनिकी भएन भने यो समय अलि कष्टकर हुन सक्छ ।

गर्मीमा अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन, निस्कनुपरे छाता ओढेर हिँड्न र प्रशस्त पानी पिउनुपर्ने चिकित्सकको सुझाव छ । गर्मीमा तरभुजा, खरभुजा, काँक्रो, लिची, स्याउजस्ता मौसमी फलफूल खानुपर्छ, जसले शरीरमा पानीको पर्याप्त आपूर्ति गर्नुका साथै रोग प्रतिरोधी क्षमता पनि बढाउँछ । बजारमा पाइने चिसो पेय पदार्थ, आइसक्रिमको साटो दही, ऊखुको रस, नरिवल पानी तथा लस्सी पिउनु आवश्यक हुन्छ ।

गर्मी महिनामा वायुमण्डलको तापक्रमसँगै शरीरको तापक्रम बढ्ने र पसिना बढी बग्ने हुनाले शरीरलाई शीतलता दिने, घामबाट सुरक्षा दिने, एन्टिअक्सिडेन्टयुक्त र शरीरमा पानीको मात्रा सन्तुलन राख्ने खानेकुरा खानु आवश्यक हुन्छ ।

त्यसैले गर्मीको समयमा हरेक व्यक्तिले आफ्नो स्वास्थ्यको ख्याल गर्नुपर्छ । खाना खाँदा क्षणिक आनन्द दिनेभन्दा कसरी स्वस्थ रहन सकिन्छ भन्ने कुरामा विशेष ध्यान दिनु जरुरी भएको स्वास्थ्यविद्हरू बताउँछन् ।

गर्मी समयमा तेलमा तारेको र भुटेको खाना खानुहुँदैन । पकाएर लामो समयसम्म राखेको खाना र बासी खाना खाँदा रोगको संक्रमण हुने जोखिम हुन्छ । यस्तै, जाँडरक्सी तथा धूमपानको सेवन गर्मीयाममा अझ बढी हानिकारक मानिन्छ ।

तरभुजा, खरभुजा, काँक्रो, लिची, स्याउजस्ता मौसमी फलफूल खानुपर्छ, जसले शरीरमा पानीको पर्याप्त आपूर्ति गर्नुका साथै रोग प्रतिरोधी क्षमता पनि बढाउँछ । बजारमा पाइने चिसो पेय पदार्थ, आइसक्रिमको साटो दही, उखुको रस, नरिवल पानी तथा लस्सी पिउनु आवश्यक हुन्छ ।

गर्मी बढेसँगै तातो हावा चल्दा स्वास्थ्य समस्याको जोखिम पनि बढेको छ । तातो हावा चलेपछि स्वास्थ्य समस्याको जोखिम बढ्ने भएकाले चनाखो रहन चिकित्सकहरूको सुझाव छ ।

तातो हावाले वायु प्रदूषण हुने र यसले बालबालिका, वृद्धवृद्धा र बिरामीको श्वास-प्रश्वासमा असर पुर्‍याउने चिकित्सकहरू बताउँछन् । यस्तो गर्मीमा अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन, निस्कनुपरे छाता ओढेर हिँड्न र प्रशस्त पानी पिउनुपर्ने चिकित्सकको सुझाव छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?