पार्टी विधि र नियममा नचल्दा असन्तुष्टि बढेको नेता सिंहको आरोप

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । नेपाली कांग्रेसका नेता एवं प्रतिनिधि सभा सदस्य प्रकाशमान सिंहले पार्टी विधि र नियममा नचलेको टिप्पणी गर्नुभएको छ ।

आज पार्टीको ललितपुर जिल्ला कार्यसमितिको सम्मेलनलाई सम्बोधन गर्दै उहाँले पार्टी विधि र नियममा नचल्दा असन्तुष्टि बढेको बताउनु भयो।

नेता सिंहले जननिर्वाचित प्रतिनिधि र संगठनका नेताहरूबीच समन्वयको आवश्यकता देखिएको पनि बताउनु भयो । जनताको इच्छा, आकांक्षाबमोजिमा समयलाई बुझेर पार्टीलाई अघि बढाउनुको विकल्प नरहेको उहाँले बताउनु भयो ।

पार्टीलाई संस्थागतरुपमा अघि बढाउनसके अरु कुनै राजनीतिक दलले चुनौति दिन नस्कन्ने उहाँको भनाई छ । कांग्रेसले आगामी दिनमा आउने चुनौतीहरु सशक्त रुपमा ट्याकल गर्छ भन्ने इमेज दिनुपर्नेसमेत उहाँले बताउनु भयो। नेता सिहले पार्टीभित्र एकले अर्कोलाई दोषारोपण नगरी र हिलो नछयापी काम गर्न पर्ने बताउनु भयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?