भोलि राजधानीमा नेमकिपाको जुलुश र धर्ना

Read Time = 1 min

भक्तपुर । राष्ट्रपतिबाट नागरिकता विधेयक प्रमाणीकरणविरुद्ध नेपाल मजदुर किसान पार्टी (नेमकिपा) ले भोलि आइतबार राजधानीमा जुलुश र धर्ना कार्यक्रम गर्ने भएको छ ।

बिहान ९ बजे कोटेश्वरमा जम्मा भई जुलुश गरेर संघीय संसद भबन नयाँं बानेश्वरमा धर्नामा बस्ने पार्टीका केन्द्रीय सदस्य सरोजराज गोसाइले बताउनु भयो । धर्नामा पार्टीका केन्द्रीय नेताहरुबाट सम्वोधन हुने पनि जनाइएको छ ।

यसअघि पार्टीको सचिवालको वैठक वैशाख १७ गते वसी प्रमाणीकरण तत्काल रद्द गर्न माग गरेको थियो ।

त्यसपछिबाट निरन्तर पार्टीले जिल्लाजिल्लामा विरोध कार्यक्रम गर्दै आएको छ । यस अन्तर्गत केन्द्रीय राजधानी काठमाडौंमा जुलुश र धर्ना गर्न लागेको जनाइएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?