विद्युतीय दुर्घटनाबाट जोगिन विद्यालयमा सचेतना

निरोज कोइराला भोजपुर, संवाददाता
Read Time = 4 mins

भोजपुर । भोजपुरका ग्रामीण क्षेत्रहरुमा रहेका विद्यालयहरुमा संचालन गरिएको बिद्युतीय दुर्घटना सम्वन्धी सचेतना कार्यक्रम प्रभावकारी देखिएको छ ।

विद्युत प्रयोगको क्रममा गाउँघरमा देखिएको अज्ञानता तथा असावधानीका कारण दुर्घटनाको जोखिम बढी रहेको अवस्थामा बिद्यालयस्तरमा गरिएको सचेतना कार्यक्रम प्रभावकारी भएको भोजपुरको पूर्वी अरुण गाउँपालिका अध्यक्ष शालिकराम खत्रीले बताउनुभयो । अध्यक्ष खत्रीले भन्नुभयो, “पर्याप्त ज्ञानको अभावका कारण विद्युतीय दुर्घटना हुने गरेको अवस्थामा बिद्यालय स्तरमा भएको प्रशिक्षण कार्यक्रमले विद्यार्थी, शिक्षक तथा अभिभावकहरुका साथै स्थानीयहरुलाई विद्युतबाट हुनसक्ने दुर्घटना न्युनीकरणका बारेमा जान्ने अवसर मिलेको छ ।” यो कार्यक्रम बिस्तार गर्न आवश्यक देखिन्छ ।

अरुण गाउँपालिकालाई उज्यालो गाउँपालिका घोषणा गर्ने कार्यक्रममा आफुहरु लागेको बताउँदै अध्यक्ष खत्रीले थप विद्युतीय जोखीमहरु बढ्न सक्ने अवस्थामा साबधानी अपनाउन सबैलाई आग्रह गरिएको धारणा राख्नुभयो ।

नेपाल बिद्युत प्राधिकरण बितरण प्रणाली सुदृढीकरण तथा बिस्तार आयोजना अन्तर्गत सामाजिक सुरक्षा तथा बातावरण ब्यवस्थापन बिभागको आयोजनामा अरुण गाउँपालिकाको केन्द्र प्याउलीमा सचेतना कार्यक्रम गरेको छ । लैङगिक समानता र सामाजिक समावेशीकरण तथा बिद्युतीय सचेतनाका लागि कार्यक्रम आयोजना गरिएको वितरण प्रणाली सुदृढीकरण तथा विस्तार विभागको विभागीय सहायक प्रबन्धक मिता आर्चायले बताउनुभयो ।

विद्युतीय सुरक्षा, जोखीमका कारणहरु, विद्युतीय दुर्घटना पश्चात गरिने प्राथमिक उपचार गर्ने, विद्युतीय उपकरणको प्रयोगका साथै विद्युतीय उर्जा खपतका बिषयमा सहभागिहरुलाई सहजीकरण गरिएको आचार्यले बताउनुभयो ।

ग्रामीण स्तरमा यस्ता सचेतनामुलक कार्यक्रमहरु कम मात्र हुने गरेको अवस्थामा बिद्युतीय जोखिम सम्वन्धी कार्यक्रमले बिद्युतीय दुर्घटना कम गर्न मद्धत पुर्याउने गाउँपालिका उपाध्यक्ष बिनिता ढकालले बताउनु भयो । “हाम्रो दैनिक जिवनमा प्रयोग हुने विद्युतीय जोखिम र अपनाउने पर्ने सावधानीका बिषयमा आयोजना गरिएको कार्यक्रमले स्थानीयका साथै बिद्यार्थी, शिक्षक र अभिभावकले राम्रो ज्ञान पाउनु भएको छ, यो उपलब्धी मुलक कार्य हो ।” आगामी दिनमा विद्युत चुहावट नियन्त्रण, सम्भावित दुर्घटना न्युनीकरणमा पनि थप सहज हुने छ, उपाध्यक्ष ढकालले भन्नुभयो ।

कार्यक्रमका सहभागिहरुले विद्युतिय जोखिमलाई न्युनीकरण गर्न सचेतनामुलक कार्यक्रमले थप टेवा पुगेको बताउनु भएको छ । उक्त कार्यक्रममा गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्षहरु, स्थानीय तथा विद्यालयमा अध्ययनरत विद्यार्थीहरुको सहभागीता रहेको थियो । बिद्युतका सवस्टेशनहरु निर्माण हुदै गरेको भोजपुरका ग्रामीण क्षेत्रहरुमा रहेका बिद्यालयहरुमा आयोजनाले सचेतना कार्यक्रम संचालन गरेको हो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?