पहिलो अन्तर्राष्ट्रिय बाइक राइड माक्र्यु सम्पन्न

Read Time = 3 mins

काठमाडौं । टिभिएसले अपाचे अनर्स ग्रुप (एओजी) लाई अघि बढाइरहेको छ । सामूहिक प्रयास भए के सफल हुँदैन र भन्ने भावना युवाको मनमा स्थापित गर्न सुरु भएको एओजी बाइकिङ कल्चर प्रवद्र्धनअन्तर्गत नेपालका लागि टिभिएसको आधिकारिक विक्रेता जगदम्बा मोटर्सले गठन गरेको एक ग्रुप हो । स्थापनाकालदेखि नै ग्रुपले विभिन्न आकर्षक र मनोरञ्जनात्मक कार्यक्रममार्फत् युवाको बाइकिङप्रतिको लगावलाई प्रोत्साहित गर्दै आएको छ । परोपकार, मनोरञ्जन र शैक्षिक कार्यक्रममा सक्रिय रहने एओजी ग्रुपले यसपटक भने पहिलो अन्तर्राष्ट्रिय माक्र्यु राइडको आयोजना गर्दै आफ्नो उपस्थिति नयाँ उचाइमा पु¥याउन सफल भएको छ ।

‘राइड टु ओरिजिन’ उद्देश्य लिएर भारतको माइसोरमा रहेको टिभिएसको फ्याक्ट्रीसम्म पुग्ने लक्ष्य राखेको माक्र्यु राइडमा १० जना नेपाली राइडरको सहभागिता थियो । राइडका लागि टिभिएस अपाचे सिरिजका १६०, २०० र ३१० सिसीका बाइक प्रयोग गरिएको थियो । फागुन ११ गतेदेखि सुरु भएको अपाचे ओनरस ग्रुपको माक्र्यु राइडमा नेपाललगायत भारत र बंगलादेशका थुप्रै राइडरले सहभागिता जनाएका थिए ।

काठमाडौंबाट रक्सौल हुँदै भारत प्रवेश गरेर सुरु भएको २२ दिने लामो यात्राका क्रममा राइडरले भारतको प्रख्यात मोटो सोल नामक कार्यक्रममा सहभागिता जनाउने र भारतमै रहेको टिभिएसको फ्याक्ट्री भ्रमण गर्ने पनि मौका पाए । टिभिएस मोटर कम्पनी इण्डियाका बिजनेस हेड विमल सुम्ब्लीले भन्नुभयो, ‘हामी संसारभर छरिएका बाइकिङप्रेमीका लागि टिभिएस मोटोसोल २०२३ आयोजना गर्न पाएकामा निकै हर्षित छौँ ।

टिभिएस मोटोसोल समान विचारधारा भएका मोटरसाइकल राइडर समुदायलाई एक ठाउँमा ल्याउने, मोटरसाइकलप्रतिको प्रेमको उत्सव मनाउने, रेसिङ र बाइकिङका दिग्गजसँग अन्तरक्रिया गर्ने र एकआपसमा भाइचाराको भावना विकास गर्दै त्यसलाई घर-घरमा पुर्‍याउने एउटा मञ्च हो ।’ राइडर्सले २० दिनमा सात हजार किलोमिटरभन्दा बढी दूरीको यात्रा तय गरेको आयोजकले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?