सुनकोसी नदीमा बेपत्ता दुई कर्मचारीको शव फेला

हिमालय टाइम्स
हिमालय टाइम्स
Read Time = 2 mins

सिन्धुली । गत शुक्रबारदेखि सुनकोसी नदीमा बेपत्ता भएका प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) को गाडी मंगलबार साँझ फेला परेको छ ।

गाडीमा दुई जनाको शवसहित भेटिएको सिन्धुली प्रहरीले जनाएको छ । एक जना अझै बेपत्ता छन् ।

सुनकोसी नदीको बहाव डाइभर्सन गरेर खोजी गरिएपछि गाडी र त्यसमा सवार दुई जनाको शव भेटिएको प्रहरीको भनाइ छ । शवको पहिचान भने हुन सकेको छैन ।

नदीमा चारवटा स्काभेटर, तीनवटा जेसिवी, पाँचवटा ट्रक प्रयोग गरी डाईभर्सन गरेपछि मंगलबार नदीबाट गाडी र शव निकालिएको हो ।

काठमाडौंबाट खोटाङ तर्फ जाँदै गरेको सीटीईभीटीको बा १ झ ७४६७ नम्बरको स्कारपियो शुक्रबार मध्यान्ह मध्यपहाडी राजमार्गअन्तर्गत गोलञ्जोर गाउँपालिका–७ लौकुनबाट सुनकोसी नदीमा खसेको थियो ।

दुर्घटनामा सीटीईभीटीका प्रशासन निर्देशक भानु नगरपालिका-९ तनहुँका ५७ वर्षीय कृष्णबहादुर केसी, नीति योजना शाखाका महानिर्देशक प्रगति नगरपालिका-७ पूर्वी नवलपरासीका ५६ वर्षीय यमप्रसाद भुर्तेल र प्राविधिक अधिकृत फुयतया नगरपालिका(५ इलामका ३२ वर्षीय भानु पौडेल बेपत्ता भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?