उद्योग संगठनद्वारा लेथ सेटर अपरेटर तालिम

Read Time = 2 mins

विराटनगर । विभिन्न उद्योग प्रतिष्ठानमा कार्यरत प्राविधिक कामदारका लागि उद्योग संगठन मोरङले इन्स्योर परियोजनाको सहकार्यमा सञ्चालन गरेको २४ दिने लेथ मेसिन सेटर तालिम सम्पन्न भएको छ । विभिन्न उद्योग प्रतिष्ठानका १५ जना प्राविधिकको सहभागिता रहेको तालिम समापन कार्यक्रममा प्रशिक्र्षीलाई प्रमाणपत्र वितरण गर्दै उद्योग संगठन मोरङका अध्यक्ष राकेश सुनाराले विभिन्न उद्योग प्रतिष्ठानमा कार्यरत पेशाकर्मीको ज्ञान र सीप अभिवृद्धि गरी हाल गर्दै आएको कार्यलाई थप परिष्कृतरूपमा गर्ने जनशक्तिका रूपमा तयार गर्न तालिम सञ्चालन गरिएको बताउनुभयो ।

प्रशिक्षक जयप्रकाश विश्वासले तालिममा टर्निङ, फेसिङ, कटिङ, बनोट निर्धारणलगायत विषयमा शिक्षा प्रदान गरिएको जानकारी गराउनुभयो । वक्र्स फरदर ट्रेनिङअन्तर्गत यस क्षेत्रका उद्योग प्रतिष्ठानमा कार्यरत प्राविधिका लागि सञ्चालित लेथ सेटर अपरेटर तालिमका सहभागीलाई लेथ सेटर अपरेसन र सोका कम्पोनेन्ट, उपकरण सञ्चालन विधि, प्राविधिक खराबी सुधार गर्नुपर्ने पक्ष, मेसिन सञ्चालन गर्दा अपनाउनुपर्ने सुरक्षा व्यवस्थालगायतका विषयमा सैद्धान्तिक र प्रयोगात्मक विधि सिकाइएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?