एसपीए सुदूरपश्चिम स्पोर्टस अवार्ड : बर्ष प्रशिक्षक र युवा खेलाडी विधाको मनोनयन सार्वजनिक

भाेजराज रोस्यारा कैलाली, संवाददाता
Read Time = 6 mins

कैलाली । धनगढीमा हुने चौथो एसपिए सुदूरपश्चिम स्पोर्टस अवार्डको थप दुई विधाको मनोनयन सार्वजनिक भएको छ । सुदुरपश्चिमाञ्चल एकेडेमीको मुख्य प्रायोजनमा हुने अवार्डको बर्ष प्रशिक्षक र बर्ष युवा खेलाडी विधाको मनोनयन सार्वजनिक गरिएको हो । आयोजक नेपाल खेलकुद पत्रकार मञ्च कैलालीले आज धनगढीमा पत्रकार सम्मेलन गर्दै सुदुरपश्चिम प्रदेशको प्रतिनिधित्व गर्दै राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलमा पदक विजेता प्रशिक्षक खेलाडीहरुलाई समेटेर मनोनयन सार्वजनिक गरेको छ । यसअघि सुदुरपश्चिम आईकन पुरुष र सुदुरपश्चिम आईकन महिला विधाको मनोनयन सार्वजनिक गरिएको थियो ।

चौथो संस्करणको एसपिए सुदुरपश्चिम स्पोर्टस अवार्डको सारथी अस्पताल बर्ष प्रशिक्षक विधामा कुस्तीका राजेन्द्र चन्द, भारात्तोलनका जीवन गौतम र क्रिकेटका जगत टमटा मनोनयनमा परेका छन् । चन्दको प्रशिक्षणमा सुदुरपश्चिमले ९ औं राष्ट्रिय खेलकुदमा ५ स्वर्ण पदक जितेको थियो । सुदुरपश्चिमले जितेको १० स्वर्ण मध्ये ५ स्वर्ण जिताउने प्रशिक्षक चन्द हुन् । उनकै प्रशिक्षणमा नेपालले १३ औं दक्षिण एसियाली खेलकुदमा संगीता धामीले ३६ बर्षपछि नेपाललाई कुस्तीमा स्वर्ण पदक जिताएकी थिईन् ।

९ औं राष्ट्रिय खेलकुदमा कुस्तीपछि सबैभन्दा बढी स्वर्ण पदक जिताउने प्रशिक्षक हुन जीवन गौतम । भारात्तोलनमा उनको प्रशिक्षणमा सुदुरपश्चिमले भारात्तोलनमा तीन स्वर्ण पदक जितेको थियो । क्रिकेट प्रशिक्षक टमटाको नेतृत्वमा नेपाल यु १९ विश्वकपको लागि छनोट भएको छ । उनले ८ बर्षपछि नेपाललाई यु १९ विश्वकपमा पुराएका हुन् । उनकै नेतृत्वमा नेपाली महिला क्रिकेट टीमले पनि विभिन्न प्रतियोगिता खेलेको थियो ।

निसर्ग हस्पिटल बर्ष युवा खेलाडीको मनोनयनमा भारात्तोलनका हेमन्त पाल, क्रिकेटकी अनु कठायत र क्रिकेटकै हेमन्त धामी मनोनयनमा परेका छन् । पालले ९ औं राष्ट्रिय खेलकुदमा स्वर्ण पदक जितेका छन् । उनले पहिलो सहभागीताको राष्ट्रिय खेलकुदमा १७ बर्षको उमेरमा स्वर्ण पदक जितेका हुन् । अनुले उमेर समुहबाट राष्ट्रिय तथा अन्तराष्ट्रिय क्रिकेट प्रतियोगितामा सहभागीता जनाएकी छिन् । उनले यु १९ विश्वकप महिला एसिया छनोटमा सहभागीता जनाउँदै उत्कृष्ट प्रदर्शन गरेकी थिईन् । उनले घरेलु उमेर समुहको प्रतियोगितामा पनि सुदुरपश्चिमलाई जिताउन भुमिका खेलेकी छिन् । क्रिकेटका धामीले नेपाललाई यु १९ विश्वकपमा नेपाललाई छनोट गराउन उत्कृष्ट प्रदर्शन गरेका छन् । उनले बलिंग र ब्याटिङमा सानदार प्रदर्शन गरेका छन् ।

यसअघि नै सुदुरपश्चिम आईकन पुरुष र सुदुरपश्चिम आईकन महिला विधाको मनोनयन सार्वजनिक गरिसकिएको छ । यसमा सुदुरपश्चिम आईकन पुरुष विधामा फेन्सिङका जलेन्द्र शाही, कराँतेका आनन्द कामी र फुटबलका जियारत सेख मनोनयनमा परेका छन् । सुदुरपश्चिम आईकन महिलामा कुस्तीकी मनिषा सिंह, फुटबलकी दिपा रोकाया र क्रिकेटकी कविा कुँवर मनोनयनमा परेकीछिन् ।

‘चौथो एसपिए सुदूरपश्चिम स्पोर्टस अवार्ड २०७९’ लाई सुदूरपश्चिमाञ्चल एकेडेमीले मुख्य प्रायोजन गरेको छ । मुख्य सह प्रायोजकमा धनगढीको स्वस्तिक अस्प्ताल रहेको छ । चौथो संस्करणको ‘एसपीए सुदूरपश्चिम स्पोर्टस अवार्ड २०७९’ मार्फत वर्ष २०७९ मा उच्च प्रदर्शन गरेका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा सफल खेलाडी र प्रशिक्षक गरी विभिन्न ८ विधामा अवार्ड प्रदान गरिने छ । उत्कृष्ट खेलाडी पुरुष र महिला, उत्कृष्ट प्रशिक्षक, वर्ष युवा खेलाडी, स्पेसल अवार्ड, लाइफ टाइम एचिभमेन्ट अवार्ड, सुदूरपश्चिम आइकन महिला र पुरुष विधामा अवार्ड प्रदान गरिने भएको हो । उत्कृष्ट खेलाडी पुरुष र महिला विधाका विजेतालाई ३५/३५ हजार, उत्कृष्ट प्रशिक्षकलाई ३० हजार, वर्ष युवा खेलाडी, स्पेसल अवार्ड र लाइफटाईम एचिभमेन्ट अवार्डका विजेतालाई २५/२५ हजार नगदबाट पुरस्कृत गरिने आयोजक नेपाल खेलकुद पत्रकार मञ्च कैलालीले जनाएको छ । यस्तै सुदूरपश्चिम आईकन महिला र पुरुष विधाका विजेतालाई नगद २० हजार सहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?