लुम्बिनी प्रदेश सरकारको नीति तथा कार्यक्रम सार्वजनिक (पूर्णपाठसहित)

विवेक खड्का दाङ, संवाददाता
चन्द्रकान्त खनाल रुपन्देही, संवाददाता
Read Time = 2 mins

रुपन्देही । लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रममा कृषि, रोजगार, शिक्षा र स्वास्थ्यलाई प्राथमिकता दिएको छ । १६९ बुँदे नीति तथा कार्यक्रम प्रदेश प्रमुख अमिक शेरचनले देउखुरीस्थित प्रदेशसभामा प्रस्तुत गर्नुभयो ।

रोजगारी प्रवर्धनका लािग ‘श्रमको सम्मान : लुम्बिनी प्रदेशको अभियान’ नारा अघि सार्दै प्रदेशलाई श्रममैत्री बनाउन श्रम तथा रोजगार रणनीतिक योजना तर्जुमा गर्ने सरकारको लक्ष्य छ ।

सरकारले उज्यालो लुम्बिनी प्रदेश गर्न विद्युतको स्तरोन्नति गर्ने, दुर्गममा वैकल्पिक उर्जाको नीति लिएको छ । विद्युतीय उर्जा खपत बढाउदै विद्युतीय सवारी साधनको प्रयोगमा प्रोत्साहन गर्दै १२ वटै जिल्लामा चार्जिङ स्टेशन बनाउने नीति लिएको छ । आगामी वर्षको नीति कार्यक्रममा अहिलेसम्मका सरकारले ल्याएका राम्रा, उपयोगी र जनतामा उपलब्धिमूलक बनेका कार्यक्रमलाई निरन्तरता दिएको छ ।

मुख्यमन्त्री आर्थिक विकास कार्यक्रममार्फत बेरोजगार युवाशक्तिलाई बजार माग र स्वरुचि अनुरुपको सिपमूलक तालिम प्रदान गर्दै उद्यमशिलताको विकास मार्फत रोजगारी तथा स्वरोजगारी सिर्जना गर्ने सरकारको लक्ष्य छ ।

पहाडी जिल्लाको बढ्दो बसाईसराई रोक्न ‘एक जिल्ला : एक नमुना बस्ती’ नारा पनि सरकारले अघि सारेको छ । नीति कार्यक्रमप्रति प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सतही आएको प्रतिक्रिया दिएको छ ।

यस्तो छ आव २०८०/०८१ का लागि नीति, कार्यक्रम

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?